चीनले पाकिस्तानलाई अत्याधुनिक ४० लडाकु विमान बेच्ने « Khabarhub

चीनले पाकिस्तानलाई अत्याधुनिक ४० लडाकु विमान बेच्ने


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनले पाकिस्तानलाई उच्च प्रविधियुक्त ४० वटा लडाकु विमान (फाइटर प्लेन) बिक्री गर्ने भएको छ । लडाकु विमान खरिदबारे बेइजिङ र इस्लामाबादबीच वार्ता भइरहेको छ ।

सम्झौतालाई अन्तिम रूप दिइएमा पाकिस्तानले चीनको जे३५ए मल्टीरोल स्टील्थ लडाकु विमान प्राप्त गर्नेछ । लगत्तै पाकिस्तान पाँचौँ पुस्ताका चिनियाँ लडाकु जहाजको स्क्वाडर्न भएको विश्वकै पहिलो देश हुनेछ।

जे३५ए एक स्टिल्थ प्रविधियुक्त लडाकु विमान हो। अमेरिकापछि चीनसँग मात्रै पाँचौँ पुस्ताका सैन्य विमान छन्। पाकिस्तानसँग अहिले अमेरिकाको एफ–१६ र फ्रान्सको मिराज लडाकु विमान छ । इस्लामावादले यी विमान परिवर्तन गर्ने योजना बनाइसकेको बताइन्छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टका प्रकाशित रिपोर्टअनुसार चीनले दुई वर्षभन्दा कम अवधिमा ४० वटा लडाकु विमान पाकिस्तानलाई दिनेछ। रिपोर्टमा यो पनि भनिएको छ कि पाकिस्तानी वायुसेनाले यी विमान आफ्नो वायु रक्षा पङ्क्तिमा आवद्ध गर्न पहिले नै स्वीकृत गरिसकेको छ ।

शेनयाङ जे३५ ए एक दुई वटा इञ्जिन भएको र राडारलाई छल्न सक्ने स्टील्थ प्रविधिययुक्त लडाकु विमान हो । एक सिटर यो विमानले जमिन र समुद्र दुबैमा हवाई सैन्य मिसन पूरा गर्न सक्छ ।

चीनले जे२० पछि जे३५ए विकास गरेको हो । जे३५ए को डिजाइन अमेरिकी लकहिड मार्टिन निर्मित एफ३५ र्‍याप्टर लडाकु विमानकै जस्तो छ । अमेरिकी लडाकु जहाजमा सिङ्गल इञ्जिन र चिनियाँ जहाजमा डबल इञ्जिन छ ।

चीनले धेरै अमेरिकी विमानको डिजाइन नक्कल गर्ने गरेको छ । जे२० र युएसएफ२२ र्‍याप्टर डिजाइनमा धेरै समान छन्। त्यस्तै, चेङ्दु जे–१० अमेरिकी एफ–१६ लडाकु विमानको नक्कलजस्तै देखिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सको रिपोर्ट अनुसार जे३५ए ले स्टील्थ र काउन्टर स्टील्थ युद्ध ढाँचामा काम गर्छ । यसको मिसन शत्रुको लडाकु विमानहरू नष्ट गर्नमा केन्द्रित छ ।

जे३५ए स्टील्थ लडाकु जहाज नोभेम्बरमा झुहाई शहरमा आयोजित वार्षिक एयर शोमा पहिलोपटक सार्वजनिक रूपमा प्रदर्शन गरिएको थियो । यस क्रममा पाकिस्तानी वायुसेनाका उच्च अधिकारीहरू प्रदर्शनीमा उपस्थित थिए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  १२ : ५५ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा