‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’ « Khabarhub

‘सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ’


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् ।

काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको दायरमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।

कानुनभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले सहकारी ठगी प्रक्ररणमा कांग्रेस, एमाले, माओवादी वा अन्य पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता एवं अन्य जो कोहीलाई कानुन बमोजिम कारबाही गर्ने स्पष्ट गरे ।

सांसद थापाको प्रतिवेदनमा उल्लेख भएका सबैलाई अहिले एकै चोटी कारबाही प्रक्रियामा ल्याउन नसकिने बताउँदै मन्त्री गुरुङले भने, ‘पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ, सहकारी ठगी गर्नेले उम्किन्छु भन्ने नसोचेहुन्छ, कानुनबमोजिम सबै पक्राउ पर्नेछन् ।’

मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धान प्रक्रियामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए। अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेकोप्रति आपत्ति व्यक्त गर्दै मन्त्री गुरुङले यस किसिमको लोकतान्त्रिक विधि र प्रक्रिया विपरीतका गतिविधि नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरे।

‘आफ्ना नेता छानबिनको दायरामा रहेकाले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने दायित्व रास्वपाको हो, सम्मानित अदालतबाट हुने आदेश तथा फैसला नआइन्जेल धर्ना–विरोध प्रदर्शन गरी अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोज्नु कदापि राम्रो होइन, अलोकतान्त्रिक गतिविधिभन्दा विधि र कानुनी शासनको पक्षमा उभिन ‘रास्वपा’ सँग अनुरोध गर्दछु ।’

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  २ : ५२ बजे

इरानमाथिको आक्रमण ‘खतरनाक’, ‘विनाशकारी’ हुन सक्छ : रुस

मस्को – रुसले शनिबार अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणलाई

इरान–अमेरिका–इजरायललाई वार्तामा फर्किन राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखको आग्रह

जेनेभा – संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले मध्यपूर्वमा शनिबार

निर्वाचनको दिन यी सवारीसाधनलाई पास आवश्यक पर्दैन : आयोग

काठमाडौं – निर्वाचन आयोगले निर्वाचनको दिन सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग

इरानी रक्षामन्त्री र आईआरजीसीका कमाण्डर मारिएको इजरायली दाबी

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलामा परी इरानका

इरानी सर्वोच्च नेताको अवस्था अज्ञात, घाइते भएको हुनसक्ने इजरायली आशङ्का

काठमाडौं– अमेरिका र इजरायलले संयुक्त रुपमा गरेको हमलापछि इरानका सर्वोच्च