यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू) « Khabarhub

यस्तो अवस्थामा भेटियो कजाकस्तानमा दुर्घटनाग्रस्त जहाज (तस्बिरहरू)


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

बाकु- कजाकस्तामा एउटा यात्रुवाहक जहाज दुर्घटना हुँदा दर्जनौँ यात्रुले ज्यान गुमाएका छन् । बुधबार अजरबैजानबाट रसियाको चेचेन्या गइरहेको उक्त जहाज दुर्घटना हुँदा २५ जना बाँच्न सफल भएका छन् ।

कजाकस्तानको आपतकालीन उद्धार मन्त्रालयले यस जहाज दुर्घटनामा परेकामध्ये २५ जना बाँचेको जनाएको छ । यो जहाज एउटा खुला चौरमा गएर बजारिएको हो ।

त्यसपछि जहाजको केही भागमा आगो लागेको छ । पुच्छरतिरको भाग उछिट्टिएर अर्कातिर खसेको छ ।

यो जहाज अजरबैजान एयरलाइन्सको थियो । जहाजमा उचाइमा रहेका बेला तलतिर झर्ने क्रममा आगो लागेको थियो । तर दुर्घटनाको कारण खुलेको छैन ।

अजरबैजान एयरलाइन्सको उडान नम्बर जे २-८२४३ जहाज राजधानी बाकुबाट रूसको ग्रोजनीतर्फ गइरहेको थियो । रिपोर्टअनुसार बाक्लो हुस्सुका कारण जहाजलाई डाइभर्ट गरिएको थियो ।

समाचार एजेन्सी रोटर्सका अनुसार खिचिएको एक भिडियोमा जहाज तीव्र गतिमा तलतिर झरिरहेको थियो । जसको ल्यान्डिङ गियरसमेत तलतिर थियो ।

तर जहाजले आपतकालीन अवतरणको कोशिश गर्नेबित्तिकै आगो लागेको थियो । यस जहाजमा ६२ यात्रु र ५ जना चालक दलका सदस्य थिए ।

जहाजमा सवार अधिकांश मानिस अजरबैजानकै थिए । केही रूस, कजाकस्तान र कीर्गिस्तानका पनि यात्रु थिए ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : २० बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै…

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि