सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड « Khabarhub

सोनु निगमको कन्सर्टस्थलबाट हटाइए मदिराका बोर्ड


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ साङ्गीतिक कार्यक्रमलाई लक्षित गरी राखिएका मदिराजन्य पदार्थका बोर्ड काठमाडौं महानगरपालिकाले हटाएको छ।

काठमाडौं महानगरपालिका-६ स्थित हायात ग्राउन्डमा बुधबार नै हुन लागेको कन्सर्टमा अनाधिकृत रूपमा राखिएका १५० वटा मदिराजन्य विज्ञापन बोर्ड महानगर प्रहरीले हटाएको हो ।

मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीतिअन्तर्गत ती बोर्डहरू हटाइएको हो मेयर बालेन्द्र साहको सचिवालयले जनाएको छ।

सोनु उक्त कन्सर्टका लागि बुधबार नै नेपाल आएका हुन् । आयोजक संस्था नेपाली टच नेपालका निर्देशक अभिनाश घिमिरेले गायक निगम पछिल्लो समय माग भएका गायकमा पर्छन् । उनले नेपाली गीत-सङ्गीत पनि प्रस्तुत गर्न सक्ने भएकाले बोलाइएको हो ।

बाह्र हजार दर्शक क्षमता रहेको ह्यात चौरमा सोनु गुञ्जिने छन् । उनले स्वर दिएका ‘यो जिन्दगीले’, ‘उकाली ओराली गर्दै’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायत गीत नेपालीमाझ लोकप्रिय छन्।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ४० बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा