इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु « Khabarhub

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु


७ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । 

राजधानी जकार्ताबाट योग्यकार्तातर्फ गइरहेको एक कोच बस राजमार्गको इन्टरचेन्ज नजिकै अवरोधमा ठोक्किएर पल्टिँदा यो दुर्घटना भएको हो ।

स्थानीय खोज तथा उद्धार एजेन्सीका प्रमुख बुडियोनोका अनुसार उक्त बस निकै उच्च गतिमा यात्रारत अवस्थामा मोडमा पुगेको थियो । मोड पार गर्ने क्रममा बस सडकको अवरोधसँग ठोक्किएपछि अनियन्त्रित भई पल्टिएको उनले विज्ञप्तिमार्फत बताए ।

‘हामीले घटनास्थलबाट ३४ जनालाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएका छौँ’, बुडियोनोले जानकारी भने । उनका अनुसार १५ जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो भने गम्भीर घाइते एक जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परेका धेरै घाइतेलाई उपचारका लागि सेमरङ सहरका विभिन्न अस्पतालमा लगिएको उनले बताए । उद्धार एजेन्सीले सार्वजनिक गरेको भिडियो फुटेजमा बस छेउमा पल्टिएको अवस्थामा देखिन्छ, जहाँ उद्धारकर्मीहरूले पीडितहरूलाई बडी ब्यागमा राख्दै स्थानान्तरण गरिरहेका दृश्यहरू देख्न सकिन्छ ।

इन्डोनेसियामा यस प्रकारका यातायात दुर्घटनाहरू प्रायः हुने गरेका छन् । दक्षिणपूर्व एसियाको विशाल द्वीपसमूह राष्ट्रमा धेरै सवारी साधनहरू पुराना हुनु, मर्मतसम्भारको कमी रहनु तथा सडक नियमहरूको नियमित उल्लङ्घन हुनु दुर्घटनाका प्रमुख कारण मानिन्छन् ।

यसअघि सन् २०२४ मा ईद अल–फितर पर्वका अवसरमा मानिसहरूको आवतजावत बढेका बेला व्यस्त राजमार्गमा एउटा बस र कार आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको थियो । त्यसैगरी सन् २०१९ मा सुमात्राको पश्चिमी भागमा एउटा बस खोलामा खस्दा कम्तीमा ३५ जनाले ज्यान गुमाएका थिए । रासस

प्रकाशित मिति : ७ पुस २०८२, सोमबार  १ : ०८ बजे

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन

सार्वजनिक लेखा र कानून समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका सार्वजनिक लेखा समिति र

अमेरिका-इरान वार्ता: ‘हतारिएर सम्झौता नगर्न’ वार्ता टोलीलाई ट्रम्पको निर्देशन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौतामा ‘हतार नगर्न’

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, वार्षिक नीति तथा कार्यक्रम पेस गरिने

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

नेपाल बुद्धिचाल महासंघको नेतृत्वमा दिपेन राई

काठमाडौँ – नेपाल बुद्धिचाल महासंघको विशेष साधारणसभाले पुरानो कार्यसमितिप्रति अविश्वास