तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत « Khabarhub

तमू पत्रकारिता पुरस्कारबाट छ जना पुरस्कृत


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –तमू (गुरुङ) सञ्चारकर्मी सङ्घले पत्रकारितामा योगदान पुर्याएबापत छ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

बुधबार तमू पत्रकारिता पुरस्कार वितवरण तथा गुरुङ ‘न्युज डटकम’ वर्ष पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पुरस्कृत पत्रकारहरूलाई नगद पुरस्कार र ताम्रपत्र प्रदान गरे ।

पूर्वप्रधानसेनापति ‘छत्रमानसिंह–कमला गुरुङ’ पत्रकारिता पुरस्कारबाट देवराज गुरुङ (गुरुङ तर्फ) र पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट फोटो पत्रकार वर्षा शाह (गैर गुरुङतर्फ)ले जनही रु २०र२० हजार पुरस्कार प्राप्त गरे ।

त्यसैगरी ‘आदिकवि हर्कबहादुर गुरुङ स्मृति’ पत्रकारिता पुरस्कार पर्वतकी शीला गुरुङ र लक्ष्मी गुरुङ पत्रकारिता पुरस्कार म्याग्दीका गणेश गुरुङ (सुरेन)र भद्रकुमारी घले पत्रकारिता प्रोत्साहन पुरस्कार कास्कीकी अपेक्षा गुरुङले प्राप्त गरे ।

उनीहरु तीनै जनाले १०-१० हजार  नगद प्राप्त गरे। तमू ल्होसार मूल आयोजक पत्रकारिता पुरस्कार बुटवलकी निरु गुरुङले नगद १२ हजार प्राप्त गरे।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ५३ बजे

झापामा घट्दै चैते धानको क्षेत्रफल र उत्पादन

बनियानी– जिल्लामा पछिल्लो तीन वर्षयता चैते धानको क्षेत्रफल र उत्पादन

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

काठमाडौं– विगत पाँच वर्षमा क्यान्सरका बिरामी करिब दोब्बरले बढेका छन्

वाग्मती सफाइ महाअभियान ६८५ औँ हप्तामा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ