सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो « Khabarhub

सभामुखको गुनासो- सरकार सदनसँग तर्केर, तर्सेर हिँड्न थाल्यो


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले वर्तमान सरकार सदनदेखि तर्किएर हिँड्न थालेको गुनासो गरेका छन् ।

बुधबार नगरकोटमा आयोजित ‘संसद् र सञ्चार सम्बन्ध’ कार्यक्रमका क्रममा पत्रकारहरूलाई सम्बोधनका क्रममा सभामुख घिमिरेले यस्तो गुनासो गरेका हुन् ।

सञ्चारकर्मीका लागि नगरकोटमा आयोजित आवासीय कार्यक्रमलाई सम्बोधन गर्न सभामुख घिमिरे बुधबार नै काठमाडौंबाट पुगेका थिए । उपसभामुख र सञ्चारकर्मीहरू भने मंगलबारदेखि नै नगरकोटमा थिए ।

बुधबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले सरकार संसद्सँग तर्किरहेको बताउँदै त्यसरी तर्किएर हिँड्न नहुने उल्लेख गरे ।

घिमिरेले संसद्प्रति सरकार पूर्णरुपमा जवाफदेही हुनुपर्ने पनि जिकिर गरे । संसद्लाई सरकार जन्माउने आमाका रुपमा चित्रित गरेका उनले सरकार आमाबाट टाढा हुन नहुने बताए ।

‘सरकार अहिले आफूलाई जन्म दिएकी आमाबाट टाढा हुने, तर्सिने र तर्किँदै हिँडिरहेको छ’, उनले भने, ‘सरकार संसद्‍बाट तर्किनु र तर्सिनु गलत हुन्छ ।’

गत वैशाख ३० गते सुरु भएको संसद्को वर्षे अधिवेशन भदौ ३० मा अन्त्य भएको थियो । हिउँदै अधिवेशनमा सुरु नभएको अवस्थामा प्रतिपक्षी दलहरूले सरकारलाई दबाब दिइरहेका छन् । तर, अझै पनि संसद् अधिवेशन बोलाउनेबारे सरकारले निर्णय गरिसकेको छैन ।

संसद् अधिवेशन नबोलाएको अवस्थामा सरकारले मंगलबार एउटा अध्यादेश ल्याउने निर्णय गरेको छ ।

सहकारीसम्बन्धी ऐन संशोधन गर्न सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो । मंगलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार यो अध्यादेश बिहीबार राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पठाइँदैछ ।

 

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ५८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक