जापानमा आगलागीमा परी दर्जनौँ कुकुर मरे « Khabarhub

जापानमा आगलागीमा परी दर्जनौँ कुकुर मरे


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौँ कुकुर मरेको एक अधिकारीले बताएका छन् ।

मध्यरातमा सुरु भएको आगो निभाउन दमकलकर्मीहरूलाई करिब चार घण्टा लागेको थियो । आगलागीबाट विभिन्न जातका ३४ साना कुकुरको मृत्यु भएको होक्काइडोको चिटोज शहरका फायर स्टेशन अधिकारीले बताए ।

अधिकारी र स्थानीय सञ्चारमाध्यमका अनुसार डाक्सहुन्ड र पुडल सहित ७० देखि ८० कुकुर त्यस सुविधामा राखिएका थिए ।

होक्काइडो कल्चरल ब्रोडकास्टिङको रिपोर्ट अनुसार कारण अज्ञात रहे पनि प्रजनन (ब्रिडर) ले मंगलबार राति कुकुर खोरको स्टोभमा ‘केही दाउरा थपेको’ अनुसन्धानकर्ताहरूलाई बताए ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : १७ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि