ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित « Khabarhub

ओलीलाई चुनौती दिएका भीम रावल एमालेबाटै निष्कासित


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ । यससँगै एमालेसँग रावलको चार दशक लामो सहयात्रा पनि टुंगिएको छ।

एमालेको बुधबार बसेको सचिवालय बैठकले १० औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीसँग भिडेका रावललाई पार्टीमा कुनै ठाउँ नरहने गरी संगठित सदस्यबाटै हटाएको हो ।

बैठकले रावललाई पार्टी सदस्यताबाट निष्काशित गर्ने निर्णय गरेको हो । पार्टीको केन्द्रीय सल्लाहाकार परिषद् सदस्य रहेका उनलाई संगठित सदस्यबाट हटाउने निर्णय भएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारहरूलाई जानकारी दिए ।

‘रावलका अभिव्यक्तिहरू पार्टी हितविपरीत रहेका मूल्यांकसहित संगठित सदस्यबाट निष्कासन गर्ने निर्णय भएको छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘पार्टीलाई निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएका कारण रावललाई संगठित सदस्यबाट मुक्त गरिएको हो ।’

रावलका गतिविधिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली रुष्ट थिए । दशौँ महाधिवेशनमा उपाध्यक्षमा बस्न भन्दा नमानेपछि रावलसँग ओली रिसाएका थिए । रावलले आफू अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडानअनुसार प्रतिस्पर्धा गरेका थिए ।

चितवन महाधिवेशनमा अध्यक्षका लागि भएको प्रतिस्पर्धामा ओलीले रावललाई भारी मतले पछि पारेका थिए । २०७८ मंसिर १४ गते सकिएको एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष पदका लागि ओलीले १८३७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी रावलले २२३ मत प्राप्त गरेका थिए ।

त्यसपछि एमालेमा किनाराकृत गरिएका रावलले संसद्‍देखि सडकसम्म अलग्गै आवाज उठाउँदै आएका थिए । उनले उठाएका आवाजलाई एमालेमा ओली र उनीनिकटले संगठनात्मक अराजकता भन्ने गरेका थिए ।

रावलले अलग पहिचानसहित आवाज उठाउँदै गर्दा २०७९ को चुनावमा अछामबाट उनकै नाममा प्रतिनिधिसभाको टिकट पनि सिफारिस भएको थियो ।

तर एमाले अध्यक्ष ओलीले रावलका नाममा सिफारिस टिकट खोसिदिए । त्यहाँ माओवादीका आएका उम्मेदवारलाई टिकट दिए पनि जित्न सकेनन् ।

रावलमाथिको कारबाहीबाट सुदुरपश्चिम र कर्णाली प्रदेशमा एमालेलाई धक्का लाग्न सक्छ । रावलले अहिले पनि सुदूरपश्चिम र कर्णालीमा आफ्नो पकड बनाइरहेका छन् ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : ३० बजे

अफगानीस्तानले ड्रोन आक्रमण गरेको पाकिस्तानको दावी

एजेन्सी– पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।