लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न « Khabarhub

लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

किमाथांका – सङ्खुवासभामा पाँच मेगावाट क्षमताको लङ्खुवा खोला साना जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । सभापोखरी हाइड्रोपावर लिमिटेडले उक्त आयोजना निर्माण गरेको हो ।

सभापोखरी गाउँपालिका–३ मा निर्मित उक्त आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत तुम्लिङ्टार सबसस्टेन हुँदै राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

आयोजनाले १५ दिनपछि व्यावसायिक उत्पादन सुरु गर्ने प्रबन्ध निर्देशक श्रीराम देवकोटाले बताए। विद्युत् उत्पादन गरेपछि प्राधिकरणलाई १५ दिन निःशुल्क विद्युत् उपलब्ध गराउनुपर्नेछ । आयोजनामा तीन हजार एक सय मिटर लामो हेडरेस पाइप तथा छ सय मिटरको पेनस्टक पाइप जडान गरेर लङ्खुवा खोलाको पानी स्थानीय बाह्रबीसे बजार नजिकै रहेको विद्युत् गृहमा खसालिएको छ ।

विसं २०७७ माघदेखि काम सुरु गरेको आयोजनाको निर्माण पूरा भएपछि नेपाल विद्युत् प्राधिकरणको रोहरबरमा टेस्टिङ तथा कमिसनिङसमेत सम्पन्न भइसकेको छ । उक्त आयोजना करिब रु एक अर्ब १० करोड लागतमा निर्माण भएको हो ।

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ६ : ४१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि