नेपालमा कति छन् क्रिश्चियन ? « Khabarhub

नेपालमा कति छन् क्रिश्चियन ?


१० पुस २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानले धर्मनिरपेक्षता घोषणा गरेपछि नेपालमा रहेका सबै धर्मावलम्बीहरुले स्वतन्त्रताको उपभोग गर्न पाएका छन् । यससँगै क्रिश्चियन धर्मावलम्बीहरुले पनि स्वतन्त्रतापूर्वक आफ्नो आस्था अनुसार धर्म मनाउने गरेका छन् । यही क्रममा बुधबार संसारभरिका क्रिश्चियन धर्मावलम्बीहरुले झैं नेपालका क्रिश्चियन धर्मावलम्बीले पनि क्रिसमस मनाए ।

राष्ट्रिय जनगणना ०७२ अनुसार नेपालमा ५ लाख १२ हजार ३१३ जना क्रिश्चियन धर्मावलम्बी छन् । यो भनेको कुल जनसंख्याको १ दशमलव ७६ प्रतिशत हो ।

अघिल्लो जनगणना ०६८ मा नेपालमा ३ लाख ७५ हजार ६९९ जना, अर्थात १ दशमलव ४२ प्रतिशत क्रिश्चियन धर्मावलम्बी थिए । १० वर्षको अवधिमा १ लाख ३६ हजार ६१४ जना क्रिश्चियन धर्मावलम्बीहरु थपिएका छन् ।

राष्ट्रिय जनगणनाले नेपालमा १० वटा धर्मलाई समेटेको छ । सबैभन्दा बढी हिन्दु छन् । तर, ०६८ को तुलनामा ०७८ सम्म आइपुग्दा १० वर्षमा हिन्दु धर्मावलम्बीहरु केही प्रतिशत घटेको देखाइएको छ । ०६८ को जनगणनामा हिन्दु धर्मावलम्बी ८१ दशमलव ३५ प्रतिशत थिए । ०७८ सालमा हिन्दुहरु ८१ दशमलव १९ प्रतिशत भएका छन् ।

१० वर्षको अवधिमा २१ लाख २६ हजार हिन्दु धर्मावलम्बी बढेको देखिन्छ । तर, कुल जनसंख्याको प्रतिशतमा भने केही कमी देखिएको छ  

प्रतिशतमा घटे पनि कुल जनसंख्यामा भने हिन्दुहरु केही थपिएकै छन् । ०६८ सालमा हिन्दुहरु २ करोड १५ लाख ५१ हजार ४९२ जना थिए । ०७८ मा हिन्दुको कुल जनसंख्या २ करोड ३६ लाख ७७ हजार ७४४ जना पुगेको तथ्यांक विभागको रेकर्डमा उल्लेख छ । १० वर्षको अवधिमा २१ लाख २६ हजार हिन्दु धर्मावलम्बी बढेको देखिन्छ । तर, कुल जनसंख्याको प्रतिशतमा भने केही कमी देखिएको छ ।

नेपालमा दोस्रो धर्मका रुपमा बौद्ध धर्मावलम्बीहरु छन् । तर, १० वर्षको अवधिमा बौद्ध धर्मावलम्बीको पनि संख्या अलिकति घटेको छ । जस्तो– ०६८ को जनगणनामा बौद्ध धर्मावलम्बीहरु ९.०४ प्रतिशत थिए, ०७८ सालमा ८.२१ प्रतिशतमा खुम्चिए ।

नेपालमा तेस्रो धर्मका रुपमा इस्लाम रहेको छ । १० वर्षमा इस्लाम धर्मावलम्बीको संख्या करिब ३ लाख वृद्धि भएको छ । ०६८ सालमा इस्लामहरु ४.३९ प्रतिशत रहेकोमा ०७८ सालमा बढेर ५.०९ प्रतिशत पुगेका छन् ।

त्यस्तै, नेपालमा १० वर्षको अवधिमा किरात, बोन र शिख धर्मावलम्बीको संख्या पनि केही बढेको देखिएको छ भने जैन, प्रकृति र बहाई धर्मावलम्बीको संख्या घटेको देखिन्छ ।

हेर्नुहोस् तथ्यांक–

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ७ : ०४ बजे

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न

आजका समाचार : विनियोजन विधेयक पारित, एमालेमा नेतृत्व फेर्न माग, विश्वकपमा पहिलो राउण्डका खेल सकिए र अमेरिका-इरानबीच १४ बुँदे समझदारी

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारितप्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको

समूह ‘डी’ : दबाबमा टर्की, अमेरिकालाई अस्ट्रेलियाको चुनौती

काठमाडौं- फिफा विश्वकपमा सह–आयोजक अमेरिका रहेको समूह ‘डी’का खेलहरु फेरि