पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने « Khabarhub

पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुने


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सुनसरी– आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको छ ।

अंग्रेजी नयाँवर्ष २०२५ को पूर्वसन्ध्यामा कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल भेडेटारमा १२औँ भेडेटार ‘फुड फेस्टिभल’ आयोजना गरिने होटेल सङ्घ भेडेटारका अध्यक्ष तुमराज लिम्बूले जानकारी दिए ।

महोत्सवमा साँगुरीगढी–६ भेडेटार चोकदेखि काम्फेक, थुम्की नाम्जेसम्म र भेडेटार चोकदेखि नमस्ते झरना सिम्सुवासम्म विभिन्न ‘स्टल’ राखिने अध्यक्ष लिम्बूले बताए । महोत्सवमा साँगुरीगढी क्षेत्रका कृषि तथा घरेलु उत्पादनको बजारीकरण पनि गरिने छ ।

महोत्सवका माध्यमबाट धनकुटाका प्रमुख पर्यटकीयस्थल शैलुङडाँडा, चाल्र्स भ्यु टावर, स्काइ ब्रिज, पाथीभरा मन्दिर, शङ्खेश्वर, भेडेटार पार्क, सूर्योदय बौद्ध पार्क, प्याराग्लाइडिङस्थल, धजेडाँडा, ओख्रे भ्यु टावर, नमस्ते झरना, साँगुरीगढी, नाम्जे गाउँ, अजङ्गको वरको रुख, थाउजेन्ड बिग बुद्ध, कार्कीछाप झरना, चाँदी बजार, आहाले, खुवालुङ त्रिवेणी, धजे पदमार्ग, झण्डीडाँडा र गालखाडीको प्रवद्र्धनमा योगदान पुग्ने अध्यक्ष लिम्बूले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  १० : ५९ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल