दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा « Khabarhub

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा


११ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

दैलेख– दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ ।

दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङ प्रारम्भ भएको थियो । विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार  यसै महिना ड्रिलिङ सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो भने ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने उनको भनाइ छ ।

चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँको अनुदानमा यो परियोजना कार्यान्वयनमा छ । परियोजना अन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका–१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छ । विभाग, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी परियोजना कार्यान्वयनमा व्यस्त छन् ।

प्रकाशित मिति : ११ पुस २०८१, बिहीबार  ८ : २० बजे

कम्बोडियाले युद्धविराम उल्लङ्घन गरेको थाइल्यान्डको आरोप

एजेन्सी– कम्बोडियाले मंगलबार सीमापार मोर्टार फायर गरी थाइ सैनिकलाई घाइते

सर्लाहीको चारवटा क्षेत्रबाट जसपा नेपालका दशजना उम्मेदवार सिफारिस 

सर्लाही– ‎जनता समाजवादी पार्टी नेपाल सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत

एमाले भोजपुरबाट प्रतिनिधि सभा उम्मेदवारमा शेरधन राई सर्वसम्मत

काठमाडौं– नेकपा एमाले भोजपुर जिल्ला कमिटीको मंगलबार बसेको छैठौं पूर्ण

मंगलबार १४८ वटा कम्पनीको बढ्यो सेयर मूल्य

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.९३ अंकले बढेको छ

ओलीले खोसे आफूलाई चुनौती दिने ईश्वरको जिम्मेवारी, अब एमालेको नीति अनुसन्धान विष्णु रिमालले गर्ने

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई चुनौती दिने