आधुनिक शहरहरूमा ट्राफिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती मानिन्छ । शहरलाई चुस्त, दुरुस्त र चलायमान राख्न सडकको उचित व्यवस्थापन हुनुपर्छ । आवतजावत सहज भएको स्थानमा मात्रै क्रियाशीलता बढ्छ भनिन्छ । तर, यही कुरा विकसित देशको प्रशासनले नै व्यवस्थापन गर्न सकिरहेका छैनन् ।
विश्वमा सबैभन्दा धेरै सडक जाम हुने देश बेलायत हो । बेलायतजस्तो देशमा त सर्वसाधारण घण्टौँ जाममा परिरहेका छन् भने नेपालको सडक व्यवस्थापन अवस्था झनै दयनीय छ । पहिलो त व्यवस्थित सडक नै छैन । दोस्रो– सडक क्षमताभन्दा धेरै सवारीसाधनकाे चापले ट्राफिक प्रहरीलाई आवागमन व्यवस्थापन गर्न हम्मे परिरहेको छ । सडक नियम नमान्नेहरूको जमातले पनि सडक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ ।
अर्को ठूलो समस्या अफलाइन राइडरहरूको मनोमानीले निम्त्याएको छ । निजी तथा सार्वजनिक यातायातसम्बन्धी नियमकानुन भए पनि राइड शेयरिङ नयाँ सेवा भएकाले नीतिनियम बनिसकेको छैन । यसैको दुरुपयोग गरी हुनेगरेको अफलाइन राइड सेवाग्राहीको सुरक्षा र ट्राफिक व्यवस्थापनमा चुनौती बनिरहेको छ ।
अफलाइन राइडिङ, ट्राफिक व्यवस्थापनका चुनौती, कारबाही तथा जरिवाना लगायत विषयमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन कार्कीसँग गरिएको कुराकानी :
अफलाइन राइडिङमा नागरिक ठगिएको उजुरी कत्तिको आउने गर्छ ?
अहिलेहाल दुईपाङ्ग्रे सवारीसाधन र ट्याक्सीलाई अनलाइन राइड शेयरिङमा प्रयोग गर्ने गरिएको छ । विदेशमा जस्तै नेपालमा पनि यो सेवा विस्तार हुँदैछ ।
पठाओ, टूटल र इन्ड्राइभका नाममा सवारीसाधनहरूले यात्रु बोकिरहेका छन् । तर, यी राइड शेयरिङ प्लेटफर्म नियमन गर्न राज्यका तर्फबाट स्पष्ट नीति बनिसकेको छैन । नीति नबन्दा पनि यी कम्पनीमा धेरै सवारीसाधन दर्ता भएको देखिन्छ ।
नेपालको अधिकांश शहरी सडक साँघुरो छ । त्यसमाथि काठमाडौं उपत्यका देशकै सबैभन्दा धेरै सवारीसाधन गुड्ने क्षेत्र हो । देशभर खटिएकामध्ये आधा ट्राफिक प्रहरी त सवारी व्यवस्थापन निम्ति उपत्यकाका सडकमै छन् ।
ट्राफिकले कसैलाई सम्झाएर त नियम उल्लङ्घन गर्नेलाई जरिवाना नै तिराएर सवारी व्यवस्थापन गरिरहेको छ । हामीले सवारीसाधन प्रयोगकर्ताहरूलाई पनि सवारी अनुशासन पालना गर्न अनुरोध गरिरहेका छौँ ।
‘प्रहरीले लुकेर चेकजाँच गर्यो’ भन्ने कुरा पुरानो कथा हो । अलि पहिले यसबारे धेरै बहस भयो । हामी स्पष्ट छौँ । प्रविधिले सहयोग गर्ने ठाउँहरूमा ‘लुक्यो र लुकेर चेक गर्यो’ भनी आरोप लगाउने अवस्थै छैन । क्यामेरा जडान भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका प्रमाण नै हामीसँग हुन्छन्
राइड शेयरिङ सेवा प्रदायकहरूले जहाँ मन लाग्छ, त्यहीँ साधन रोकेर बस्ने तथा यात्रु चढाउने काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन्छ । त्यसकारण उनीहरूलाई तोकिएको ठाउँमा रोक्न र ओर्लन आह्वान गर्दा ट्राफिक प्रहरीलाई नै दुस्मनको रूपमा पनि हेरिरहेका हुन्छन् ।
अफलाइन सेवा प्रदायकहरूले कम्पनीलाई कमीसन तिर्नुपर्दैन । कमाइको सबै हिस्सा आफैँले राख्नु नै उनीहरूको स्वार्थ हुन्छ । केही नहुञ्जेलसम्म त समस्या नहोला, तर यस्ता सेवाप्रदायक सबै व्यक्ति राम्रै आचरणका हुन्छन् भन्ने छैन । त्यस्ता व्यक्तिको सेवा लिन पुग्दा सेवाग्राहीलाई भाडामा ठग्नेदेखि कतिपयले गन्तव्यमै नपुर्याइदिने सम्मका घटना भएका छन् ।
तर, कानुनभन्दा विपरीतको सेवा प्रयोग गरेकाले प्रयोगकर्ताले ठगिए पनि उजुरी गरेको पाइँदैन । कुनै दुर्घटना भयो भने सेवाप्रदायकले कुनै जिम्मा लिँदैन । अफलाइन राइडमा यात्रुको बीमा पनि हुँदैन । समस्या परेको बेला जिम्मेवारी लिने कोही हुँदैन । केही रकमको लोभमा बीमा र दर्ता नभएको गैरकानुनी सेवा नलिनु नै उत्तम हो ।
अफलाइन राइडिङ कसले चलाइरहेका छन् ?
प्रायः विद्यार्थी, कर्मचारी, शिक्षक तथा बैङ्कर लगायत लगभग सबै क्षेत्रमा आवद्ध मानिसले अफलाइन राइड गरिरहेको पाइएको छ । केही अतिरिक्त कमाइको लागि उनीहरूले यो काम गरिरहेको भेटिन्छ । कसैले एकछिन काम गरेर लागूऔषध तथा दुर्व्यसन गर्न पनि रकम जुटाइरहेको भेटिएको छ ।
यस्ता व्यक्तिले चलाएको सवारीसाधनमा यात्रा गर्दा विभिन्न समस्या निम्तिन सक्छ । सुरक्षाको कुरा पनि जोडिएर आउँछ । लुटपाट भए के गर्ने ? गन्तव्यभन्दा अन्यत्र लगिदिए के गर्ने ? अफलाइनमा कहाँबाट कहाँ गएको, कोसँग गएको या कुन सवारीसाधनमा गएको भन्ने रेकर्ड नै हुँदैन । दर्ता गरेकोमा भने सबै रेकर्ड हुन्छ ।
यस्ता सवारीसाधनमा चढ्दा समस्या आइलाग्यो भने कारबाही अघि बढाउनै जटिल हुन्छ । समस्या निम्त्यिाउनेलाई खोज्नुपर्यो भने के गर्ने ? सेवाग्राही र प्रदायक दुबैका हकमा यो समस्या आउन सक्छ । यात्रु पनि सेवा लिइसकेपछि ‘पैसा लिएर आउँछु’ भनी भाग्ने गरेको सुनिन्छ ।
त्यस्तै, सवारीसाधन धेरै भएको अथवा यात्रु उभिने स्टेशनमा जहाँ पायो, त्यहीँ सवारी रोकेर बस्दा अवरोध भएको छ । सवारी आवागमन मिलाउन ट्राफिक प्रहरीलाई नै मुस्किल पर्ने गरेको छ ।
उपत्यकामा पछिल्लो समय दुईतर्फी (टु वे) सडकलाई ट्राफिक प्रहरीले एकतर्फी (वन वे) बनाएको छ, यात्रुहरूले बिना सूचना नै यस्तो गरेर दुःख दिएको भनिरहेका छन्, यस्तो किन भइरहेको छ ?
बिना सूचना त्यस्तो हुँदैन । हामीले आफ्नै मेट्रो एफएम, अनलाइन सञ्चारमाध्यम तथा अन्य सञ्चारमाध्यमहरूबाट सूचना दिएका छौँ । त्यहीँ सडकमै पनि सूचना टाँसिरहेका हुन्छौँ । सडक प्रयोग नगर्न भनेका हरेक ठाउँमा सूचना बोर्ड राखिएको छ । पूर्वसूचना बिना केही गरिएको छैन ।
प्रज्ञा भवन अगाडी बसेर ट्राफिकले चिट काटेको छ भने ट्राफिक कार्यालयमा उजुरी गर्नसमेत अनुरोध छ । कार्यालयले जानकारीको अभावमा त्यो बाटो प्रयोग गरेकालाई जरिवाना लगाउने कुनै निर्णय गरेको छैन
उदाहरणका लागि प्रज्ञा भवन अघिल्तिरको बाटो ‘वन वे’ भएको गत वर्षको भदौदेखि हो । हामीले प्रशस्त सूचना दिएर ‘वन वे’ बनाएका हौँ ।सूचना प्राप्त नगरेका सवारीधनीले त्यो बाटो प्रयोग गरेका छन् भने पनि चिट काटिएको छैन ।
प्रज्ञा भवन अगाडी बसेर ट्राफिकले चिट काटेको छ भने ट्राफिक कार्यालयमा उजुरी गर्नसमेत अनुरोध छ । कार्यालयले जानकारीको अभावमा त्यो बाटो प्रयोग गरेकालाई जरिवाना लगाउने कुनै निर्णय गरेको छैन । सवारी रोकेर ट्राफिक सोधपुछ गरेको होला, तर जरिवाना लिएको छैन ।
चेकिङको लागि ट्राफिक लुकेर वा ढुकेर बस्ने गरेको भनेर टिकाटिप्पणी आइरहन्छ, यस्तो किन ?
‘प्रहरीले लुकेर चेकजाँच गर्याे’ भन्ने कुरा पुरानो कथा हो । अलि पहिले यसबारे धेरै बहस भयो । हामी स्पष्ट छौँ । प्रविधिले सहयोग गर्ने ठाउँहरूमा ‘लुक्यो र लुकेर चेक गर्याे’ भनी आरोप लगाउने अवस्थै छैन । क्यामेरा जडान भएका छन् । ट्राफिक नियम उल्लङ्घन गरेका प्रमाण नै हामीसँग हुन्छन् ।
प्रायः हामीले पोर्टेबल क्यामेरा प्रयोग गर्छौं । त्यो क्यामेराले टाढाको सवारीसाधन देखिँदैन । क्यामेरा माउन्ट गर्नै उचाइमा राख्नुपर्छ । उचाइमा राख्न नसक्दा नागरिकलाई हुने अप्ठ्यारोको लागि हामी त्यस्तो ठाउँमा सूचना राखेका हुन्छौँ । ‘निगरानी (सर्भिलेन्स) क्यामेरा जडान गरिएको छ’ वा ‘स्पीड क्यामेराको निगरानीमा हुनुुहन्छ’ भनेर दुवै साइडमा सूचना टाँसिएको हुन्छ ।
सवारीचालकले त्यो कुरा हेरेर हिँड्नुपर्यो । पछिल्लो समय यस विषयमा गुनासो गर्ने ठाउँ छैन । ट्राफिक प्रहरी ट्राफिक व्यवस्थापन गर्न जिम्मेवार संस्थाबाट खटिएको कर्मचारी हो । उसले सडकमा नियमन तथा व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेको हुन्छ । हामीले गाडीहरूमा साना स्टिकर टाँसेका छौँ । सार्वजनिक स्थलहरूमा पनि सवारी अनुशासनसम्बन्धी जानकारीमूलक सामग्री टाँसेका छौँ ।
ट्राफिकको आँखा छल्ने जुन प्रवृत्ति छ – त्यसो हुन नदिन हामीले पछिल्लो समय ‘नो भोइलेसन, नो पेनाल्टी’ को नारासहित काम गरिरहेका छौँ ।
यो निकै सानो अर्थ बोकेको नारा हो । तर, यसको व्यवहारिक पक्ष निकै बृहत छ । गल्ती नगर्ने मान्छेलाई कसले छुन्छ ? आजभन्दा सात महिना अगाडी दैनिक ४५ सय जना कारबाहीमा पर्थे । अहिले त्यो ५० प्रतिशतले घटेको छ ।
कृषि उपजका सामग्री बोकेको सवारीसाधनलाई ट्राफिकले धेरै दुःख दिएको गुनासो छ नि !
ट्राफिकले कसले तरकारी बोकेर हिँडेको छ, कसले लुगाफाटो बोकेर हिँडेको छ, को महँगो सवारीसाधनमा हिँडेको छ, को पुराना र सस्ता सवारीमा हिँडेको छ, त्यो हेर्ने होइन । नियमअनुसार सडकमा को हिँडिरहेको छैन, त्यो हेर्ने हो ।
जति जरिवाना गराउँदा पनि नागरिकमा चेत छैन भने के गर्ने ? ट्राफिकको काम राजस्व जम्मा गर्ने त होइन । बाटोको अवस्था, सवारी चाप वा कुनै पनि आकस्मिक कारणले उल्लङ्घन होला । तर, त्यो सङ्ख्या भन्दा जानाजान लापरबाही गरी सडक अनुशासन उल्लङ्घन गर्नेको सङ्ख्या बढी छ
सडक नियमले कुन सवारीसाधनले कति सामान बोकेर हिँड्न मिल्छ । त्यो कुराको ट्राफिक चेकजाँच गर्नुपर्छ । ट्राफिको जाँचमा जो–कोही पर्छ ।
यसमा को जनता र को नेता या को सर्वसाधारण र को अति विशिष्ठ भनी छुट्याउने कुरा हुँदैन । सडक नियम वा अनुशासनमाा नबस्ने जो कोही पनि कारबाहीमा पर्छ ।
नागरिकहरूमा सवारी चेतना पहिलेको तुलनामा अहिले कस्तो छ ?
जति पढाए पनि नेपालीहरूमा अझै पनि ट्राफिक नियम उल्लङ्घन गर्नुहुँदैन भन्ने सचेतना छैन । नेता तथा कर्मचारीहरू नै कारबाही परेको देखिराख्नुभएकै छ । जसले आफैँ नियम बनाएका छन्, उनीहरूले नै आफैँ उल्लङ्घन गर्दै हिँडेका छन् ।
सडकमा ट्राफिक नियम उल्लङ्घनमा कमी आएको छैन । कडा नियमन गर्ने हो भने दिनमा पाँच हजार चालक कारबाहीमा पर्छन् । हामी केही लचिलो बन्दा पनि हाल दिनहुँ दुई हजार जना कारबाहीमा परिररहेका छन् ।
यो सङ्ख्या सानो होइन । जति जरिवाना गराउँदा पनि नागरिकमा चेत छैन भने के गर्ने ? ट्राफिकको काम राजस्व जम्मा गर्ने त होइन । बाटोको अवस्था, सवारी चाप वा कुनै पनि आकस्मिक कारणले उल्लङ्घन होला । तर, त्यो सङ्ख्या भन्दा जानाजान लापरबाही गरी सडक अनुशासन उल्लङ्घन गर्नेको सङ्ख्या बढी छ ।
ट्राफिक प्रहरीले गरेको गल्तीबारे पनि हामीले आन्तरिक रूपमा मूल्याङ्कन गर्ने गरेका छौँ ।
प्रतिक्रिया