निर्माण थालेको आठ वर्षसम्म पनि पुल अधुरै « Khabarhub

निर्माण थालेको आठ वर्षसम्म पनि पुल अधुरै


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ ।

नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ । स्थानीय रघुविर खङ्गले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए । ‘कोही बिरामी पर्‍यो भने नहरकै बाटो हुँदै लानुपर्छ । यसमा मोटरसाइल मात्र जान्छ, चारपाङ्ग्रे गाडी जाने अवस्था छैन’, उनले भने ।

खङ्गका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो । सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको खङ्गले सुनाए ।

स्थानीय मो बसिरले फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्ने गरेको बताए । यस्तै जिल्ला सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ ।

पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ । यसले स्थानीयवासी निरास छन् । ‘ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन् । हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो । खै ! बन्छ कि बन्दैन, बने पनि केहिले हो कहिले’, मो बसिरले भने ।

वि.सं. २०७३ जेठ २ गते पाँच करोड ४० लाख ९३ हजार रुपैयाँमा रोशन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो । सडक डिभिजन लहान र निर्माण कम्पनीबीच सुरुमा वि.सं. २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो । त्यसयता पाँच पटक म्याद थपिएको छ ।

अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक नौ गते सकिएको छ । सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरिरहेको बताए ।

कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताए । उनले निर्माण कम्पनीलाई हालसम्म चार करोड ५२ लाख  रुपैयाँभुक्तानी दिइसकेको जानकरी दिए । अब चालु आर्थिक वर्षको असार मसान्तसम्म कार्यसम्पन्न गर्ने लक्ष्य लिएको सूचना अधिकारी यादवले बताए ।

‘ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ढिलोमा भएमा जसरी पनि चालु आवभित्रै कामले पूर्णता पाउने गरी हामीले पहल गर्छौँ । त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ’, उनले भने । रासस

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : ५२ बजे

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि