एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता « Khabarhub

एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे पाँच वर्ष समय नाघिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रमा लाखौं रोजगारदाता एवम् श्रमिक भए पनि कोषमा आबद्ध हुने संख्या भने न्यून छ ।

सुरक्षा कोषले अद्यावधिक गरेको मंसिर १० गतेसम्मको तथ्याङ्क अनुसार सो कोषमा अहिलेसम्म पाँच लाख ४३ हजार ४९१ जना स्वदेशी श्रमिक आबद्ध भएका छन् ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन गरेको छ । सो कार्यविधिअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भई योगदानको सुरुवात गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

सो व्यवस्था अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये मंसिर १० गतेसम्म १२ लाख ५३ हजार ६१५ जनाले कोषमा योगदान रकम बुझाएका छन् ।

तर, वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिकहरूले भने कोषमा योगदान रकमलाई निरन्तरता नदिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । कोषमा हालसम्म अनौपचारिक क्षेत्रका ३०७ जना र २२७ जना स्वरोजगार श्रमिकहरूले योगदान रकम जम्मा गरेका छन् ।

कोषले अहिलेसम्म ६८ अर्ब ६८ करोड रूपैयाँ योगदान रकम सङ्कलन गरेको र ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

किन आकर्षित भएनन् श्रमिक ?

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रको सहकार्यमा कमी आउँदा पनि सामाजिक सुरक्षा कोषमा अपेक्षित नतिजा नदेखिएको बताएका छन् ।

मंगलबार सामाजिक सुरक्षा कोषको वार्षिकोत्सव कार्याक्रममा बोल्दै उनले निजी क्षेत्रलाई प्राथमिकता नदिँदा खोजेको नतिजा प्राप्त हुन नसक्ने बताए ।

‘८५ प्रतिशतभन्दा बढी रोजगारी दिने निजी क्षेत्रलाई प्राथमिकता नदिएको जस्तो देखिन्छ, यसलाई अलिकति परिवर्तन गरिएन भने हामीले ल्याउन खोजेको नतिजा प्राप्त नहुन पनि सक्छ’, उनले भने ।

छोटो समयमा २० हजार रोजगारदाता र करिब १८ लाख श्रमिकहरू आबद्ध भएको विषय महत्वपूर्ण रहेको महासङ्घका अध्यक्ष ढकालको भनाइ थियो ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा अनिवार्य निवृत्तिभरण व्यवस्थाले अधिकांशको आकर्षण नदेखिएको बताए । उनले निवृत्तिभरणलाई अनिवार्य नगर्ने हो भने थप आकर्षण बढ्ने उनले दाबी गरे ।

‘दाबी भुक्तानीको तथ्याङ्क हेर्दा यो संस्था आवश्यक हो भन्ने देखिन्छ, तर यसमा धेरै संस्थाहरू अझै पनि आबद्ध हुन सकेको देखिँदैन’, अग्रवालले भने, ‘अनिवार्य निवृत्तिभरणले यो कोषमा आकर्षण देखिएको छैन ।’

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १ : ३० बजे

साँगुरीगढीबाटै थायी लेखा नम्बर वितरण : सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

धनकुटा- धनकुटाको साँगुरीगढी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसाय दर्ताका लागि

नेपाल र ग्रेनाडाबीच कूटनीतिक सम्बन्ध स्थापना

असोज – नेपाल र ग्रेनाडाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना

उद्योग कार्यालयका सेवा अब ‘अनलाइन’मा

चितवन– बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.