एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता | Khabarhub Khabarhub

एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे पाँच वर्ष समय नाघिसक्दा पनि अपेक्षित गति लिन सकेको छैन । सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रमा लाखौं रोजगारदाता एवम् श्रमिक भए पनि कोषमा आबद्ध हुने संख्या भने न्यून छ ।

सुरक्षा कोषले अद्यावधिक गरेको मंसिर १० गतेसम्मको तथ्याङ्क अनुसार सो कोषमा अहिलेसम्म पाँच लाख ४३ हजार ४९१ जना स्वदेशी श्रमिक आबद्ध भएका छन् ।

सरकारले ‘वैदेशिक रोजगारमा रहेका श्रमिक र विदेशमा स्वरोजगारमा रहेका व्यक्तिको लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ कार्यान्वयन गरेको छ । सो कार्यविधिअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकले श्रम स्वीकृति लिँदा नै कोषमा सूचीकृत भई योगदानको सुरुवात गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।

सो व्यवस्था अनुसार वैदेशिक रोजगारीमा गएकामध्ये मंसिर १० गतेसम्म १२ लाख ५३ हजार ६१५ जनाले कोषमा योगदान रकम बुझाएका छन् ।

तर, वैदेशिक रोजगारीमा गएका अधिकांश श्रमिकहरूले भने कोषमा योगदान रकमलाई निरन्तरता नदिएको त्यहाँका अधिकारीहरूले बताएका छन् । कोषमा हालसम्म अनौपचारिक क्षेत्रका ३०७ जना र २२७ जना स्वरोजगार श्रमिकहरूले योगदान रकम जम्मा गरेका छन् ।

कोषले अहिलेसम्म ६८ अर्ब ६८ करोड रूपैयाँ योगदान रकम सङ्कलन गरेको र ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

किन आकर्षित भएनन् श्रमिक ?

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रको सहकार्यमा कमी आउँदा पनि सामाजिक सुरक्षा कोषमा अपेक्षित नतिजा नदेखिएको बताएका छन् ।

मंगलबार सामाजिक सुरक्षा कोषको वार्षिकोत्सव कार्याक्रममा बोल्दै उनले निजी क्षेत्रलाई प्राथमिकता नदिँदा खोजेको नतिजा प्राप्त हुन नसक्ने बताए ।

‘८५ प्रतिशतभन्दा बढी रोजगारी दिने निजी क्षेत्रलाई प्राथमिकता नदिएको जस्तो देखिन्छ, यसलाई अलिकति परिवर्तन गरिएन भने हामीले ल्याउन खोजेको नतिजा प्राप्त नहुन पनि सक्छ’, उनले भने ।

छोटो समयमा २० हजार रोजगारदाता र करिब १८ लाख श्रमिकहरू आबद्ध भएको विषय महत्वपूर्ण रहेको महासङ्घका अध्यक्ष ढकालको भनाइ थियो ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष कमलेश अग्रवालले सामाजिक सुरक्षा कोषमा आबद्ध हुँदा अनिवार्य निवृत्तिभरण व्यवस्थाले अधिकांशको आकर्षण नदेखिएको बताए । उनले निवृत्तिभरणलाई अनिवार्य नगर्ने हो भने थप आकर्षण बढ्ने उनले दाबी गरे ।

‘दाबी भुक्तानीको तथ्याङ्क हेर्दा यो संस्था आवश्यक हो भन्ने देखिन्छ, तर यसमा धेरै संस्थाहरू अझै पनि आबद्ध हुन सकेको देखिँदैन’, अग्रवालले भने, ‘अनिवार्य निवृत्तिभरणले यो कोषमा आकर्षण देखिएको छैन ।’

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १ : ३० बजे

ग्राहकलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना यथाशीघ्र

भेपमा सुन तस्करी प्रकरण : पक्राउ परे पूर्वसभामुख महरा

काठमाडौं– पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । नेपाल प्रहरीको

हाम्रो ‘म्याण्डेड’ चुनाव गराउने हो, फागुन २१ गते निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्राप्त जिम्मेवारीअनुसार आगामी

नर्सरी व्यवसायी संघले ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ आयोजना गर्ने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै असोज

घटस्थापनायता काठमाडौंमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

काठमाडौं– दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी