पाकिस्तानद्वारा छिमेकी ईरानमाथि इजरायली आक्रमणको निन्दा | Khabarhub Khabarhub

पाकिस्तानद्वारा छिमेकी ईरानमाथि इजरायली आक्रमणको निन्दा


१० कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिण एसियाली मुलुक पाकिस्तानले पश्चिम एसियातर्फको छिमेकी मुलुक ईरानमाथि इजरायलले गरेको पछिल्लो हमलाप्रति निन्दा गरेको छ । पाकिस्तान र ईरानले करिब ९०४ किलोमिटर सीमा साझेदारी गर्छन् ।

इजरायलले शनिबार बिहानै ईरानका सैन्य शिविरहरूमा हवाई आक्रमण गरेको थियो । सो आक्रमणलगत्तै पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले प्रतिक्रिया दिएका हुन् ।

सरिफले सोसल नेटवर्किङ साइट एक्समा लेखेका छन्, ‘ईरानविरुद्ध इजरायलले हालै गरेको आक्रमणबाट म अति चिन्तित छु, यस प्रकारको आक्रमण क्षेत्री शान्ति र स्थिरतामात्र होइन, सम्प्रभुता र अन्तराष्ट्रिय कानून समेतको उल्लङ्घन हो ।’

इजरायलको पछिल्लो कारबाहीलाई पाकिस्तानले कडा निन्दा पनि गरेको छ । साथै, शान्तिका निम्ति ईरान र अन्य छिमेकीका साथमा पाकिस्तान खडा भएको प्रधानमन्त्री शरीफले लेखेका छन् ।

इजरायली सेनाले गुप्तचर जानकारीका आधारमा ईरानका सैन्य शिविरहरूमा हमला गरिएको जनाएको छ । यसअघि इजरायलमाथि मिसाइल दागिएका इरानका संयन्त्रमाथि आक्रमण गरिएको इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले दाबी गरेको हो ।

ईरानले इजरायली आक्रमणको चाँडै प्रत्युत्तर दिने र त्यसले पश्चिम एसियामा थप तनाव निम्त्याउने आकलन गरिएको छ ।

पाकिस्तान र इजरायलबीच हालसम्म दौत्य सम्बन्ध स्थापना भएकाे छैन । सन् १९४७ मा प्यालेस्टाइन विभाजन गर्ने राष्ट्र सङ्घीय योजनाको विपक्षमा पाकिस्तानले मतदान गरेको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०८१, शनिबार  ५ : ५७ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते