फेरियो उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष, अब २०८०/८१ « Khabarhub

फेरियो उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष, अब २०८०/८१


१० आश्विन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपभोक्ता मूल्य सूचकाङ्क निर्माण गरी नियमित प्रकाशन गर्ने गरेको नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तन गरेको छ । उपभोक्ता मूल्य सूचकाङ्क मुलुकको मुद्रास्फीति गणना गर्न प्रयोग हुन्छ ।

यसअघि मुद्रास्फीति गणनामा केन्द्रीय बै‌ंकले आर्थिक वर्ष २०७१/७२ लाई आधार वर्ष मान्ने गरेको थियो । एक दशकपछि त्यसलाई अध्यावधिक गर्दै आर्थिक वर्ष २०८०/८१ बनाएको हो । बैंकले आर्थिक वर्ष २०३१/३२ देखि उपभोक्ता मूल्य सूचकाङ्क प्रकाशन गर्न थालेदेखि यो छैटौँ आधार वर्ष परिवर्तन हो ।

नयाँ आधार वर्षमा आधारित सूचकाङ्कले उपभोगको प्रवृत्तिलाई बृहत् रूपमा समेट्नुका साथै अन्तर्राष्ट्रिय अद्यावधिक अभ्यासहरुलाई अनुशरण गरेको केन्द्रीय बैंकले जानकारी दिएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्क अर्थतन्त्रको संरचनागत परिवर्तनसँग जोडिएको हुन्छ । समय बित्दै जाँदा अर्थतन्त्रको संरचनामा हुने परिवर्तनसँगै उपभोक्ताको खर्च प्रवृत्ति पनि बदलिन्छ । बजारमा नयाँ वस्तु तथा सेवाहरू बजारमा देखापर्छन्‌ ।

प्रयोगमा आउने वस्तुहरूको गुणस्तरमा परिवर्तन आउने एवम् बजार विस्तार भइरहेको आधारमा केन्द्रीय बैंकले मूल्य सूचकाङ्कको आधार वर्षलाई अद्यावधिक गर्नेगर्छ ।

यस्ता सुधार

मूल्य सूचकाङ्कको आधार वर्ष परिवर्तनसँगै उपभोक्ता मूल्य सूचकाङ्क तय गर्न विभिन्न सुधार गरिएको जनाएको छ । यसअघि यस्तो सूचकाङ्क तय गर्दा पारिवारिक बजेट सर्वेक्षणको आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गर्ने गरिएको थियो ।

यस वर्षबाट भने राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको नेपाल जीवनस्तर सर्वेक्षण-पाचौँको तथ्याङ्कका आधारमा वस्तु तथा सेवाको डालो र भाराङ्क निर्धारण गरिएको केन्द्रीय बैंकले जानकारी दिएको हो ।

नेपाल जीवनस्तर सर्वेक्षणबाट प्राप्त स्रोतहरूको उपयोग हुनुका साथै तथ्याङ्कहरुबीच सामञ्जस्य कायम गर्न सहयोग पुगेको केन्द्रीय बैंकका अधिकारीहरूले बताएका छन्‌ । नयाँ उपभोक्ता मूल्य सूचकाङ्कमा विभिन्न ६ वटा मुख्य परिवर्तन गरिएको उनीहरूको भनाइ छ ।

अद्यावधिक गरिएको उपभोक्ता मूल्य सूचकाङ्कको डालोमा ५२५ वस्तु तथा सेवाहरु समावेश गरिएको छ । यसअघि ४९६ वस्तु तथा सेवा रहेका थिए । नयाँ उपभोग्य वस्तुहरू थप गरिएका छन् भने प्रचलनमा नरहेका वस्तु तथा सेवालाई हटाइएको छ ।

साविकको डालोमा ५० जिल्लाका ६० वटा बजार केन्द्र रहेकोमा हाल देशका सबै ७७ जिल्लाका ८७ वटा बजार केन्द्रबाट मूल्य सङ्कलन गरिएको छ । साथै, ग्रामीण र नयाँ सहरी क्षेत्रलाई समेत समावेश गरिएको छ ।

देशको सातै प्रदेशको प्रादेशिक उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिएको राष्ट्र बैंकले जनाएको छ । मौसमी वस्तुहरू, अस्थायी रूपमा बजारमा उपलब्ध हुन नसक्ने वस्तुहरूको मूल्य समायोजन विधिहरूमा सुधार गरिएको पनि केन्द्रीय बैंकले जानकारी दिएको छ ।

उपभोक्ता मूल्य सूचकाङ्कलाई गणना गर्ने सफ्टवेयरमा तथ्याङ्कको गुणस्तर सुनिश्चित गर्न आवश्यक सुधार गरिएको बैंकद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

प्रकाशित मिति : १० आश्विन २०८१, बिहीबार  ३ : ३६ बजे

अफ्रिकाका ५३ देशका लागि चीनको शून्य–कर घोषणा

एजेन्सी– चीनले अफ्रिकाका अधिकांश देशहरूसँग व्यापार सहज बनाउने उद्देश्यले ठूलो

इरानमाथि ठूलो हमलाको योजना तयार, हाइपरसोनिक मिसाइल प्रयोग हुन सक्ने 

एजेन्सी– अमेरिकाले इरानविरुद्ध ठूलो हमलाको योजना तयार गरिरहेको छ ।

अनिश्चित भविष्य बोकेर काम गर्न बाध्य छन् नेपाली श्रमिक 

काठमाडौं– हरेक वर्ष मे १ मा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस

एनएम निर्वाचन : काठमाडौं उपत्यका भित्र आज र भोली मतदान हुँदै 

काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए) को नयाँ नेतृत्व चयनका लागि काठमाडौं

डोजरबाट जोगिन बुद्धनगरबासीले टाँसे लालपूर्जा र नक्सापास (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरअगाडि भित्तामा जग्गाको