निजी खर्चमा बनाइएकाे १० लाखको चमेना गृह धार्मिक वनलाइ हस्तान्तरण « Khabarhub

निजी खर्चमा बनाइएकाे १० लाखको चमेना गृह धार्मिक वनलाइ हस्तान्तरण


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको उर्लाबारी–९ का रामबहादुर एभेङ लिम्बूले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा १० लाख रुपैयाँ खर्चेर चमेना गृह निर्माण गरिदिएका छन् ।

एभेङ परिवारले आफ्ना स्वर्गीय बुबा धनबहादुर एभेङको स्मृतिमा मोरङको पथरी शनिश्चरे –१० स्थित सिरिजङ्घा स्मृति धार्मिक वन परिसरमा चमेना गृह बनाइ धार्मिक वनलाई बिहीबार हस्तान्तरण गरेको हो ।

चमेना गृहको पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख मोहनप्रसाद तुम्बापोले उद्घाटन गरेका छन् । गत मङ्सिर १८ गते शिलान्याश गरिएको ९ सय स्वायर फिटको जस्तापाताले छाएको चमेना गृहमा दुई कोठा छन् ।

२०७९ साल माघ २ गते मृत्यु भएका धनबहादुर एभेङका पाँच छोरीहरू, तीन छोराहरु र पत्नी सञ्चरानी साम्वाले नीजि खर्चमा सार्वजनिक स्थानमा चमेना गृह बनाइदिनु दिएका हुन ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ११ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा