वीरगञ्जका अतिक्रमित संरचना हटाइयो « Khabarhub

वीरगञ्जका अतिक्रमित संरचना हटाइयो


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा– वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकमा सडक अतिक्रमण गरेर बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । 

हुलाकी सडकअन्तर्गत पर्ने उक्त स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर संरचना बनाइएका कारण वर्षौँदेखि हुलाकी सडक निर्माण हुन सकेको थिएन । सडक निर्माण नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको हो । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । 

६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्स्ट्रक्सनले ठेक्का सकार गरेर सम्झौता गरेको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए ।

ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी आफ्नो कम्पनीले काम अघि बढाउने बताए । 

‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै)आजैबाट काम सुरु भएको छ,’ ठेकेदार कम्पनीका साहले भने, ‘अबको एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण नै गर्ने गरि हामी काम गर्छौँ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको

न्यायालयमा ‘स्याउको बाकस’ काण्ड: बल्झियो ‘सुपरस्टोर’ र बिचौलियाको बहस

बाहिरबाट हेर्दा फलफूलको सामान्य कार्टुन जस्तो देखिने ‘स्याउको बाकस’ भित्र

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा