आफ्नै घरमा बस्न सरकारी अड्डामा अनसन « Khabarhub

आफ्नै घरमा बस्न सरकारी अड्डामा अनसन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

रामेछाप– घर प्रवेशका लागि सम्बन्धित निकायबाट समन्वय नभएको भन्दै बिनु यादव आइतबारदेखि अनसनमा छिन् ।

जिल्ला प्रशासन कार्यालय, रामेछापको गेटमा असनरत बिनुको माग हो– आफ्नै घरमा बस्न पाउनुपर्‍यो ।

श्रीमान् प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेदको मुद्दा सर्वोच्चमा चलिरहेको छ । मुद्दा फैसला नहुन्जेल श्रीमान्कै घरमा बस्न पाउनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन् ।

जिल्ला अदालतले प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेद गराइदिएको थियो । तर उच्च अदालतले २०७९ असार १६ मा जिल्लाको फैसला उल्टाइदिएको थियो । उनी उच्चको फैसलालाई आधार मानेर प्रदीपको घरमा बस्न पाउनु माग गरिरहेकी छन् ।

बिनुलाई श्रीमान्कै घरमा बस्न पाउने वातावरण बनाइदिन मानव अधिकार आयोगले महिला आयोगलाई चिठी समेत काटेको छ ।

बिनुले महिला आयोगको चिठी ल्याएर जिल्ला प्रशासनमा निवेदन दिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको सल्लाहअनुसार शुक्रबार श्रीमान्को घरमा पुग्दा परिवारले प्रवेश नदिएको उनको दाबी छ ।

उनी गुनासो गर्छिन्, ‘सीडीओ साबले छलफल गरेर कुरा मिलाउने आश्वासन त दिनुभएको छ । तर उनीहरू टेर्ने स्थितिमा छैनन् ।’ आफू आउने जानकारी पछि प्रदीप घर छोडेर हिँडेको उनको आरोप छ । यही बहाना बनाएर परिवारले आफूलाई घरमा प्रवेश नदिएको उनी सुनाउँछिन् ।

मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले समेत आफूलाई असहयोग गरेको बिनुको दाबी छ । उनी भन्छिन् ‘प्रदीपको परिवार मबाट असुरक्षित रहेको भन्दै मेयरले प्रशासनलाई चिठी पठाइदिएको छ ।’

उनी भन्छिन्, ‘घरमा बस्ने वातावरण मिलाइदिन सक्दैनौँ भने कारणसहित एक निवेदन देऊ भन्दा पनि प्रशासनले मानेको छैन ।’ उनी अनसनमा पनि एक्लै छिन् । बिनु अनसन बसेको दिनदेखि प्रमुख जिल्ला अधिकारी निरौला मुख्य गेटबाट कार्यालय प्रवेश गरेकी छैनन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ५९ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने