आफ्नै घरमा बस्न सरकारी अड्डामा अनसन « Khabarhub

आफ्नै घरमा बस्न सरकारी अड्डामा अनसन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

रामेछाप– घर प्रवेशका लागि सम्बन्धित निकायबाट समन्वय नभएको भन्दै बिनु यादव आइतबारदेखि अनसनमा छिन् ।

जिल्ला प्रशासन कार्यालय, रामेछापको गेटमा असनरत बिनुको माग हो– आफ्नै घरमा बस्न पाउनुपर्‍यो ।

श्रीमान् प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेदको मुद्दा सर्वोच्चमा चलिरहेको छ । मुद्दा फैसला नहुन्जेल श्रीमान्कै घरमा बस्न पाउनुपर्ने भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी हुन् ।

जिल्ला अदालतले प्रदीप कठायत र बिनुको सम्बन्ध विच्छेद गराइदिएको थियो । तर उच्च अदालतले २०७९ असार १६ मा जिल्लाको फैसला उल्टाइदिएको थियो । उनी उच्चको फैसलालाई आधार मानेर प्रदीपको घरमा बस्न पाउनु माग गरिरहेकी छन् ।

बिनुलाई श्रीमान्कै घरमा बस्न पाउने वातावरण बनाइदिन मानव अधिकार आयोगले महिला आयोगलाई चिठी समेत काटेको छ ।

बिनुले महिला आयोगको चिठी ल्याएर जिल्ला प्रशासनमा निवेदन दिएकी थिइन् । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको सल्लाहअनुसार शुक्रबार श्रीमान्को घरमा पुग्दा परिवारले प्रवेश नदिएको उनको दाबी छ ।

उनी गुनासो गर्छिन्, ‘सीडीओ साबले छलफल गरेर कुरा मिलाउने आश्वासन त दिनुभएको छ । तर उनीहरू टेर्ने स्थितिमा छैनन् ।’ आफू आउने जानकारी पछि प्रदीप घर छोडेर हिँडेको उनको आरोप छ । यही बहाना बनाएर परिवारले आफूलाई घरमा प्रवेश नदिएको उनी सुनाउँछिन् ।

मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले समेत आफूलाई असहयोग गरेको बिनुको दाबी छ । उनी भन्छिन् ‘प्रदीपको परिवार मबाट असुरक्षित रहेको भन्दै मेयरले प्रशासनलाई चिठी पठाइदिएको छ ।’

उनी भन्छिन्, ‘घरमा बस्ने वातावरण मिलाइदिन सक्दैनौँ भने कारणसहित एक निवेदन देऊ भन्दा पनि प्रशासनले मानेको छैन ।’ उनी अनसनमा पनि एक्लै छिन् । बिनु अनसन बसेको दिनदेखि प्रमुख जिल्ला अधिकारी निरौला मुख्य गेटबाट कार्यालय प्रवेश गरेकी छैनन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  १ : ५९ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति