बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम « Khabarhub

बागमतीमा चिउरी र चमेरो संरक्षण कार्यक्रम


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मनहरी– बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशमा बसोबास गर्ने चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

 बिहीबार साँझ बसेको बैठकले चेपाङ समुदायको उत्थानका लागि उक्त कार्यक्रम सञ्चालनसम्बन्धी  निर्देशिका २०८० समेत स्वीकृत गरेको हो ।

यसैगरी, समुदायमा आधारित ‘एक वडा एक कृषि उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०’ र ‘बागमती प्रदेशस्तरीय ज्येष्ठ नागरिक नीति, २०८०’ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । 

तीसँगै बैठकले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८०’ स्वीकृत गर्ने र सञ्चार रजिस्ट्रारको कार्यालयका लागि भवन उपलब्ध गराउन नेपाल सरकारलाई अनुरोध गर्नेलगायत निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  २ : ४९ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।