हिउँदे वर्षा नहुँदा किसान चिन्तित « Khabarhub

हिउँदे वर्षा नहुँदा किसान चिन्तित


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लामो समयसम्म हिउँदे वर्षा नहुदाँ दोलखाका हिउँदे खेतीका किसान समस्यामा परेका छन्।

जिल्लाको माथिल्लो क्षेत्रमा हिउँदे आलु रोप्ने समय सुरु भए पनि समयमै वर्षा नहुदाँ जिल्लाका किसान चिन्तित बनेका हुन्।

दोलखाको एवोका किसानलाई आलु रोप्नको लागि हिजोआज भ्याइनभ्याई छ। बाझो बारी खन्ने, मल बोक्ने तथा आलुको बिउको जोहो गरेर आलु रोप्न तमतयारका साथ हिउँदे वर्षा कुरेर बसेका यहाँका किसानले माघको दोस्रो साता बित्दासमेत हिउँदे वर्षा नभएको गुनासो गरेका छन्।

दुई करोड बराबरको आलु उत्पादन गर्ने यहाँका किसानले आलु रोप्ने समय घड्किन लागेको भन्दै टुसारो, चिसोले कक्र्याक बनेर बसेको  सुक्खा माटोमै आलु रोप्न सुरु गरेको स्थानीय किसान बलराम कार्कीले सुनाए।

दोलखाको प्रायः सबै माथिल्लो क्षेत्रका किसानको मुख्य आम्दानी स्रोत हिउँदे आलु खेती हो। मंसिरमै बारी बनाएर हिउँदे बर्सादको पर्खाइमा बसेका किसानले लामो समयसम्म पनि पानी नपरे पछि खेतीको सिजन सकिएर उत्पादन घट्छकि भन्ने चिन्ता खेप्नु परेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डे बताए।

हिउँदे वर्षाले आलु रोप्ने ठाउँको माटोमा सित, टुसारोले चिसोपन सोचेर माटोलाई कक्र्याएको ठाउँ  चिसोपन ल्याँउदा रोपेको आलु चाडै उम्रने,माटो खुकुलो हुने तथा रोग किरा नलाग्ने बनाउने हुँदा पनि किसानले पानी परेपछि मात्रै आलु रोप्ने गर्छन्।

आलु मात्रै हैन लेकका किसानले खेती गरेको हिउँदे तरकारी फलफूल तथा बेमौसमी खेतीपनि सुक्न थालेको जिल्लाका किसानहरूको दुखेसो रहेको छ। माघ, फागुन,चैत महिना किबीको बिरुवा लगाउने समय हो।

यो समयमा धेरै किसानले किबी रोप्ने गर्छन् तर सुख्खा माटो कारण जिल्लाका किसानले लगाएको किबीको बोट समेत मार्ने बताउँछन् वैतेश्वर गाउँपालिका-१ का कृषक कर्णबहादुर तामाङ।

तामाङले यस वर्ष करिब ६ हजार किबीका बिरुवा किसानलाई बिक्री गरिसकेको बताए। गत वर्षपनि ढिलो गरि पानी पर्दा जिल्लामा गहुँ उत्पादन पनि घटेको थियो । यस वर्षपनि सिंचाइ गर्ने समयसम्म आकाशे वर्षा नभएकाले गहुँ उत्पादन घट्ने किसानहरू बताउँछन्। 

जिल्लाका कतिपय किसान आकाशे वर्षाको भरपर्नुपर्ने बाध्यता रहेको छ। यता जिल्लाको कालिञ्चोक, शैलुङमा भने माघको पहिलो र दोस्रो साता नै हिमपात भएको छ।

हिमपातसँगै सामान्य हिउँदे वर्षापनि भएकाले यहाँका किसानलाई भने केही राहत मिलेको पाइएको छ। शैलुङ तथा कालिञ्चोकका किसानलाई भने हिमपातपछि आलु रोप्न सहज भएको हो।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : २९ बजे

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई

एसियाली पारा खेलकुदमा पहिलोपटक नेपाली ह्विलचियर टेनिस खेलाडी

काठमाडौं । ह्विलचियर टेनिस खेलाडी रामबहादुर तामाङले वाइल्ड कार्डमार्फत पाँचौँ

कप्तानगञ्ज घटनामा गोली लागेका मेहताको शव परीक्षणका लागि परिवार तयार

काठमाडौं । सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर

भूमिहीनका नाममा झूटो विवरण पेश गरे कारबाही गर्ने सरकारको चेतावनी

काठमाडौँ । सरकारले भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित