अफगानिस्तानले गुमायो ७ विकेट « Khabarhub

अफगानिस्तानले गुमायो ७ विकेट


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत नेपालविरुद्ध पहिला ब्याटिङ गरेको अफगानिस्तानको ७ विकेट गएको छ ।

नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि धरासायी बनेको अफगानिस्तानको ब्याटिङ कसैले पनि सम्हाल्न सकिरहेका छैनन् ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले १८ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको छ ।
नेपालका लागि आकाश चन्द एक्लैले ५ विकेट लिँदा गुल्शन झा र तिलक भण्डारीले १/१ विकेट लिए ।

अफगानिस्तानका लागि एएम गाजानफारले ३७, जम्सिद जार्दन ३, हसान इसाखिल २०, सोहिल खान ४ रनमा आउट हुँदा नूमन साह, खालिद तनिवाल र अलि अहमेद शून्य रनमा आउट भए ।

आज नेपालले आफ्नो टिममा दुई खेलाडी परिवर्तन गरेको छ । नेपालले दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरालाई प्लेइङ ११ मा राखेको छ ।

सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ । यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका छन् ।

आइसीसीले समूहका शीर्ष तीन टिमलाई सुपर–६ खेलाउँदैछ । कुल १२ टिमले दुई समूहमा सुपर–६ खेल्नेछन् । दुवै समूहका शीर्ष २–२ टिमले सेमिफाइनल खेल्नेछन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ३ : ३४ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का