राष्ट्रियसभा निर्वाचन : कोशीमा फ्लोर क्रसबारे छलफलमा कांग्रेस  « Khabarhub

राष्ट्रियसभा निर्वाचन : कोशीमा फ्लोर क्रसबारे छलफलमा कांग्रेस 


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले बिहीबार कोशी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनबारे गम्भीर छलफल गरिरहेको बताएको छ । 

अहिले पार्टी कार्यालयमा छलफल भइरहेको कांग्रेस उच्च स्रोतले बताएको छ । 

स्रोतले खबरहबलाई भन्यो, ‘स्पष्ट बहुमत हुँदा हुँदै पनि कोशीमा गठबन्धन हार्नु घातक छ । हामी यसबारे गम्भीर छलफलका छौँ । कसले त्रुटि गरेको छ निर्मम समीक्षा हुन्छ ।’ 

यसमा कांग्रेस संस्थापन इतर समूहले फ्लोर क्रस गरेको संस्थापन पक्षको आरोप छ । तर इतर समूह यो कुरा मान्न तयार छैन । 

यस्तै फ्लोर क्रस भएपछि गठबन्धनमा मनमुटाब सुरु भएको र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत टेलिफोन संवाद  गरेको स्रोतको भनाइ छ । 

बिहीबार कोशी प्रदेशमा गठबन्धनबाट माओवादी महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन । गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशसभामा भएको हल्का ‘क्रस भोटिङ’ का बाबजुद राष्ट्रियसभामा पुग्न सफल भए । कोशीमा एमालेकी रुक्मणी कोइरालाले ५ हजार ८६ मतभार ल्याएकी छन् भने गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

कोशीमा गठबन्धनबाट खस आर्यतर्फका उम्मेदवार सिटौला ५ हजार २ सय ९२ मतभारका साथ विजयी भए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ४ : ४३ बजे

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ

दृढतापूर्वक जनताको पक्षमा उभिनु आवश्यक : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) का केन्द्रीय सदस्य

उत्तर कोरियाद्वारा जापानी समुद्रमा दश वटा ब्यालेस्टिक मिसाइल प्रहार

सियोल- उत्तर कोरियाको सुनान क्षेत्रबाट पूर्वी सागर तर्फ दिउँसो १ः२०