जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध « Khabarhub

जथाभावी जग्गा प्लटिङ गरेको भन्दै स्थानीयको विरोध


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ । 

स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न दिँदा स्थानीय संस्कृतिमाथि हानी गरेको छ । पालिकाले जग्गा प्लटिङको निश्चित मापदण्ड बनाएर मात्र स्वीकृति दिनुपर्छ ।’ 

जथाभावी जग्गा प्लटिङको विरोध गर्दै स्थानीयले वडा कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका थिए । स्थानीयको विरोध पछि वडाध्यक्ष धर्म महर्जनले आफू जनताको भावना विपरित कुनै काम नगर्ने बताएका छन् । 

सिद्धिपुरको भूमि स्थानीय जनताकै चाहना अनुरूप उपयोगको नीति बनाउने उनको भनाई छ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ५ : ३४ बजे

सुकुमवासी व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गरेन : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री

भारत भ्रमणमा कोशीको चार जिल्लाका स्थानीय जनप्रतिनिधिको टोली 

काठमाडौं– कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुम जिल्लाका मेयर,

गोलबजार घटनाको छानबिन गर्न गठित समितिद्वारा छलफल सुरु

जनकपुरधाम– आन्दोलनका क्रममा सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश

निम्स दाइसहितका आरोहीको सम्झनामा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– पाकिस्तानस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल आरोहणका क्रममा

ओली-प्रचण्डकै गल्ती दोहोर्‍याउँदै रवि-वालेन्द्र

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदहरूले चित्त