कोशीमा फ्लोर क्रसबारे माओवादी भन्छ-अन्तर्घात रोकिएन, सहकार्यमा धोका   | Khabarhub Khabarhub

कोशीमा फ्लोर क्रसबारे माओवादी भन्छ-अन्तर्घात रोकिएन, सहकार्यमा धोका  


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले राष्ट्रियसभा निर्वाचन मा काङ्ग्रेसले गम्भीर अन्तर्घात गरेको बताएका छन ।

उनले शुक्रबार खबरहबसंग कुरा गर्दै काङ्ग्रेसले राजनीति बेमानी तथा गठबन्धनमा गम्भीर घात गरेको बताए ।

उनले भने, ‘आज माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले पनि काङ्ग्रेसले माओवादी र गठबन्धनलाई पनि ठुलो घात गरेको निष्कर्ष निकालेको छ । यो विगत देखिनै आएको शृङ्खला हो । आगामी दिनमा यसले काङ्ग्रेससँगको सहकार्यमा गम्भीर समीक्षा गर्नुपर्ने भएको छ ।’

उनले यो घटनापछि काङ्ग्रेसको नेतृत्वले आफूहरूलाई उचित जवाफ दिनुपर्ने बताए ।

उनले भने, ‘को र कसले गरेको हो कारबाही त हुनुपर्यो नि ।’

यसमा कांग्रेस संस्थापन इतर समूहले फ्लोर क्रस गरेको संस्थापन पक्षको आरोप छ । तर इतर समूह यो कुरा मान्न तयार छैन । 

यस्तै फ्लोर क्रस भएपछि गठबन्धनमा मनमुटाब सुरु भएको र प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले समेत टेलिफोन संवाद  गरेको स्रोतको भनाइ छ । 

फ्लोर क्रस भएकोबारे काङ्ग्रेस केन्द्रिय टिम र प्रदेशले पनि आन्तरिक बैठक गरेको स्रोतको भनाइ छ । 

बिहीबार कोशी प्रदेशमा गठबन्धनबाट माओवादी महिलातर्फकी उम्मेदवार चम्पादेवी कार्कीलाई हराउँदै एमाले उम्मेदवार रुक्मणी कोइराला अप्रत्याशित रूपमा विजयी भएकी थिइन । 

 गठबन्धनको स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसका केही जनप्रतिनिधिले माओवादीलाई भोट नदिई एमालेलाई सघाउँदा कार्की पराजित भएकी हुन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भने कोशी प्रदेशसभामा भएको हल्का ‘क्रस भोटिङ’ का बाबजुद राष्ट्रियसभामा पुग्न सफल भए ।

कोशीमा एमालेकी रुक्मणी कोइरालाले ५ हजार ८६ मतभार ल्याएकी छन् भने गठबन्धन उम्मेदवार चम्पादेवी कार्कीले ४ हजार ९ सय २२ मत पाइन् ।

यहाँ स्थानीय तहमा एमालेका ११२ र राप्रपाका चार गरी ११६ मत एमालेको पक्षमा थियो । तर १५ स्थानीय जनप्रतिनिधिले भोट क्रस गरेपछि एमाले विजयी भएको हो ।

कोशीमा गठबन्धनबाट खस आर्यतर्फका उम्मेदवार सिटौला ५ हजार २ सय ९२ मतभरका साथ विजयी भए ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : १८ बजे

हायु परिवारको रित्तो घरमा रोइरहेछ कुकुर, भैंसीबाख्रा पनि अलपत्र

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका

सिन्धुलीको गोलाञ्जोरबाट एकै परिवार १६ जना गायब, भान्साको छाप्रोमा लागेको थियो आगो

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट एकै परिवारका १६

सामान्य रमाइलो गर्दा गयो जिरीका नुर्बु शेर्पाको ज्यान 

दोलखा– भनिन्छ दशा बाजा बजाएर आउँदैन आखिर त्यस्तै भएको छ

जनशक्ति अभावले एक्स-रे मेसिन प्रयोगविहीन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीमा जनशक्ति अभावका कारण

हामी निजी क्षेत्रसँग मिलेर काम गर्न चाहन्छौं : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सरकारले निजी