आजका समाचार : द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्रीको जोडदेखी कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्नेसम्म | Khabarhub Khabarhub

आजका समाचार : द्वन्द्वरत पक्षहरुबीच संवादमा प्रधानमन्त्रीको जोडदेखी कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्नेसम्म


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने, राष्ट्रियसभाको हारले कोशीमा कांग्रेससँग बिच्कियो माओवादी, बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन प्रस्तुत, विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन, सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने, तत्कालीन मालपोत अधिकृत भ्रष्टाचारी ठहर, युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्नेलगायत रहने छन् । 

कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने

राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनकी उम्मेदवार चम्पा कार्की पराजित भएको विषयमा छानविन हुने भएको छ ।

राष्ट्रियसभामा गठबन्धनका उम्मेदवार कृष्ण प्रसाद सिटौलाले जिते पनि माओवादीको कोटाबाट उठेकी चम्पा कार्की पराजित भएपछि सत्ता गठबन्धन दलहरूले यसबारे छानविन गर्ने भएका हुन् ।


चुनावको समीक्षा गर्न शुक्रबार बसेको बैठकपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै अन्तरघात भएको विषयमा छानविन गरिने प्रतिवद्धता जनाएका छन् ।

कोशीमा भएको अन्तरघातको गठबन्धनले छानविन गर्ने

शेखर निवास पुगे नवनिर्वाचित राष्ट्रिय सभा सदस्य सिटौला

कोशीमा फ्लोर क्रसबारे माओवादी भन्छ-अन्तर्घात रोकिएन, सहकार्यमा धोका

राष्ट्रियसभाको हारले कोशीमा कांग्रेससँग बिच्कियो माओवादी

प्रधानमन्त्री प्रचण्डको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवादमा जोड दिएका छन् ।

संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।


निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एक मात्र विकल्प भएकोमा जोड दिए ।

बेलायती सेनाको टोलीद्वारा गोर्खा विग्रेडको प्रतिवेदन प्रस्तुत

सूचना र प्रविधिको उचित प्रयोग आवश्यक: मन्त्री शर्मा

नवीकरणीय ऊर्जासम्बन्धी विधेयक संसद्मा पेस गर्छौँ : ऊर्जामन्त्री

लगानी सम्मेलनका लागि नेपालले गृहकार्य गर्नुपर्छ : परराष्ट्रमन्त्री

गठबन्धन सरकारको असफलताले मुलुक चरम संकटमा : शंंकर पोखरेल

विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन

नेपाल वायुसेवा निगमले सुर्खेतबाट उडान गर्ने
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्लामा चाँडै उडान गर्ने भएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीसहितको निगमको टोलीले सोही उडानको सञ्चालनका सन्दर्भमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग रक्षा मन्त्रालयमा छलफल गरेको छ ।

छलफलका क्रममा उपप्रधानमन्त्री खड्काले सुर्खेतबाट कर्णाली प्रदेशका अन्य जिल्ला जुम्ला, हुम्ला, सिमकोट, ताल्चा, डोल्पालगायतका गन्तव्यको उडान प्रारम्भ गर्न प्राथमिकता दिएर चाँडो भन्दा चाँडो रफ्तारकासाथ काम गर्न आग्रह गरे ।

स्वतन्त्र पत्रकारिताको मर्मविपरीत विधेयक आउँदैन :मुख्यमन्त्री पाण्डे

आपराधिक अनुसन्धानमा नयाँ प्रविधिको प्रयोग आवश्यक : मुख्यमन्त्री कार्की

स्थानीयको विरोध
ललितपुरको महालक्ष्मी नगरपालिकामा जथाभावी जग्गाको प्लटिङ गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ६ सिद्धिपुरमा भू–माफियाहरूले जथाभावी जग्गा प्लटिङ गरेको उनीहरूको आरोप छ । वडा कार्यालयले जथाभावी प्लटिङका लागि स्वीकृति दिँदा कृषि तथा सांस्कृतिक क्षेत्र मासिएको स्थानीयको गुनासो छ ।


स्थानीय कृष्ण कुमार महर्जन भन्छन्, ‘वडाले जथाभावी जग्गा प्लटिङ गर्न दिँदा स्थानीय संस्कृतिमाथि हानी गरेको छ । पालिकाले जग्गा प्लटिङको निश्चित मापदण्ड बनाएर मात्र स्वीकृति दिनुपर्छ ।’

सडक व्यापारीले महानगरविरुद्ध आन्दोलन गर्ने

मुगुमा विशेषज्ञ डाक्टर र औषधि पठाउन नेविसंघको माग

सडक भासियो
काठमाडौंको नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमा भासिएको छ ।

बानेश्वरबाट रत्नपार्क जादै गरेको बा। ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला सडक भासिएको हो । बस सडकमा भासिएपछि यात्रुहरू अतालिँदै बाहिर निस्किएका थिए ।

गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ ।

तत्कालीन मालपोत अधिकृत भ्रष्टाचारी ठहर

काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७५ औं गणतन्त्र दिवस

खेलकुद…

 अफगानिस्तान १४५ रनमा रोकियो
आइसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १४५ रनमा अलआउट गरेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा रोकियो ।


नेपालका तीव्र गतिका बलर आकाश चन्द एक्लैले ५ विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ धरासायी बनेको थियो ।

अफगानिस्तानले गुमायो ७ विकेट

८९ रनमा अफगानिस्तानले गुमायो ८ विकेट

युक्रेनले रुससँग ग्यास पारवहन सम्झौता नगर्ने
यूक्रेनले सन् २०२४ पछि रूससँग प्राकृतिक ग्यास पारवहन सम्झौता विस्तार गर्ने योजना नबनाएको सरकारी प्रेस सेवालाई उद्धृत गर्दै इन्टरफ्याक्स-यूक्रेन समाचार एजेन्सीले बिहीबार जनाएको छ ।

प्रेस सेवाले युक्रेनी पक्षको स्थितिबारे जानकारी गराउँदै यातायात सम्झौता यस वर्षको अन्त्यमा समाप्त हुने तथा रूसीहरूसँग वार्ता र सम्झौता विस्तार गर्ने योजनामा नरहेको जनाएको छ ।

खार्किभमा रूसी आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो

साउदी अरबमा मदिरा पसल खोल्ने तयारी, गैर मुसलमानले खान पाउने

चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ०३ बजे

जीबी राई नेटवर्किङ व्यवसायबाट सहकारी ठगीमा 

काठमाडौं– सहकारी विशेष छानबिन समितिले ११ सय २४ पेजको प्रतिवेदन

खबपु : ती विद्रोही, यी व्यङ्ग्यकर्मी !

काठमाडौं – खड्गबहादुर पुन ‘खबपु’ टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनबाट

कुमार रम्तेलको बयान- जीबीलाई सहयोग गर्दा मलाई नै धोका दिएर भागे

काठमाडौं– सहकारीको रकम अपचलन गरेको आरोपमा कारागार चलान भएको कुमार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधान गर्न आयोग गठन

काठमाडौं– सरकारले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जग्गा समस्या समाधानका लागि

सहकारीको बचत हिनामिना : २४ हजार बढी पीडितले हाले अदालतमा मुद्दा

काठमाडौं– सहकारी संस्थाहरूमा भएको बचत अपचलनको विषयलाई लिएर २४ हजार