विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन « Khabarhub

विमानस्थलमा कर्मचारी कुटिएको विषयमा छानविन समिति गठन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विमानस्थलमा प्रहरीबाट अध्यागमनका कर्मचारीमाथि हातपात भएको घटनाबारे छानविन गर्न गृहमन्त्रालयले समिति गठन गरेको छ । 

शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच विवाद हुँदा प्रहरीले कर्मचारीलाई पिटेका थिए । 

घटनामा गम्भीर ध्यानाकर्षण भएको बताउँदै गृहमन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति बनाएको हो । समितिका सदस्यमा डीआईजी राजेशनाथ बास्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी छन् । 

समितिलाई तीन दिनभित्र रायसहितको प्रतिवेदन पेश गर्न भनिएको छ ।

शुक्रबार बिहान अध्यागमनका अधिकृत छायालाल मोक्तानसँग प्रहरीको विवाद भएको थियो । यसक्रममा प्रहरीले आफूलाई पिटेको मोक्तानको भनाइ छ ।

आगमन कक्षबाट प्रस्थानकक्षतिर जाने क्रममा प्रहरीले मोक्तानलाई मेटल डिटेक्टर लगाएर जाँच लिन खोज्दा विवाद भएको थियो ।

आफू अध्यागमनको अधिकृत भएको र मेटल डिटेक्टर लगाइरहनु नपर्ने भन्दाभन्दै प्रहरीले हातपात गरेको मोक्तानको गुनासो छ । उनका अनुसार प्रहरीले लात्ती प्रहार गरेका थिए ।

घटनापछि अध्यागमन कार्यालयका प्रमुखले सीसीटीभी फुटेज जाँच गरेका थिए । सो घटनामा प्रहरीकै कमजोरी देखिएको अध्यागमन स्रोतको दाबी छ ।

घटना लगत्तै विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआइजी अर्जुन चन्दले अध्यागमनका कर्मचारीसँग छलफल गरेका थिए ।

अब यो घटनामा  तीनदिनभित्र छानविन गरी प्रतिवेदन आएपछि दोषीमाथि कारवाही गरिने गृह मन्त्रालय स्रोतले बतायो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ७ : ३७ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था