बिनु यादवले तोडिन् अनशन « Khabarhub

बिनु यादवले तोडिन् अनशन


१२ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बिनु यादवले ६ दिनको अनशन तोडेकी छन् । श्रीमानको घरमा प्रवेश गर्न नपाएपछि आइतबारदेखि उनी जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा धर्ना तथा अनशन बसेकी थिइन् ।

बिनुले शुक्रबार साँझ जुनारको जुस पिएर अनशन तोडेकी हुन् । हाल उनलाई उपचारका लागि स्थानीय अस्पताल पु¥याएइएको छ ।

सुरक्षित वातावरणमा श्रीमानको घरमा बस्ने व्यवस्था मिलाइदिन र सो वातावरण मिलाउन जिल्ला प्रशासन नसक्नुको जवाफ माग्दै उनले अनशन सुरु गरेकी थिइन् ।

जिल्ला प्रशासनले शुक्रबार श्रीमान् प्रदीप कठायत र बिनुको सम्बन्धविच्छेद सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले श्रीमानको घरमा बस्ने वातावरण मिलाउन नसकेको पत्र थमाएको छ ।

पत्रमा भनिएको छ, ‘जनप्रतिनिधिको रोहवरमा मानवअधिकारकर्मी, सञ्चारकर्मी तथा नागरिक अगुवाहरुसमेतको उपस्थितिमा छलफल गर्दा भएको निष्कर्ष एवं जिल्ला सुरक्षा समितिको बैठकबाट समेत तपाईं र तपाईंको परिवारबीच समझदारीको लागि अधिकतम प्रयास गर्दा शान्तिपूर्वक घरमा बस्ने सहज वातावरणको समझदारी कायम हुन नसकेको ।’

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २२ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु