काराबाओ कपको उपाधि लिभरपुललाई | Khabarhub Khabarhub

काराबाओ कपको उपाधि लिभरपुललाई


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काराबाओ (इएफएल) कपको उपाधि लिभरपुलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

लिभरपुलका लागि भिर्गिल भान डाइकले एक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवैतर्फबाट कुनै गोल नभए पछि खेल अतिरिक्त समयमा गएको थियो ।

अतिरिक्त समयको ११८औँ मिनेटमा भिर्गिलले गोल गरेका थिए । उनले गरेको यो गोल नै लिभरपुलको जितका लागि निर्णायक बनेको थियो ।

यो सँगै लिभरपुलले १०औँ पटक काराबाओ कपको उपाधि जितेको छ । यस्तै, म्यानचेस्टर सिटीले ८, म्यानचेस्टर युनाइटेडले ६, चेल्सी र एस्टन भिल्लाले ५–५ पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ५६ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः