साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित | Khabarhub Khabarhub

साउदी प्रो लिग : अल शबाबमाथि अल नासरको जित


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साउदी प्रो लिग फुटबलमा अल नासरले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा अल शबाबलाई ३–२ गोलले हराउँदै अल नासर विजयी भएको हो ।

अल नासरका लागि टेलिस्कालाईले दुई तथा कप्तान क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यस्तै, अल शबाबका लागि यानिक कारास्को र कार्लोसले एक–एक गोल गोल फर्काएका थिए।

खेलको २१औँ मिनेटमा अल नासरका लागि रोनाल्डोले पेनाल्टी गोलमार्फत सुरुवाती गोल गरेका थिए । तर पहिलो हाफको इन्जुरी समयमा कारास्कोले पेनाल्टीमार्फत गोल गर्दै अल शबाबलाई बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको सुरुमै टेलिस्काले गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए । खेलको ६७औँ मिनेटमा शबाबका कार्लोसले खेललाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि खेलको ८६औँ मिनेटमा टेलिस्काले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासलाई ३–२ को जित दिलाए ।

यो जितसँगै २१ खेलबाट ५२ अंक जोडेको अल नासर दोस्रो स्थानमा छ । पराजित अल शबाब समान खेलबाट २४ अंकका साथ ११औँ स्थानमा छ ।

 

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’