सभामुखको रुलिङपछि चल्यो संसद् बैठक « Khabarhub

सभामुखको रुलिङपछि चल्यो संसद् बैठक


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक पुन सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले विपक्षी दलहरूले उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि बैठक सुरु भएको हो ।

यसअघि बसेको पहिलो बैठकमा प्रमुख विपक्षी नेकपा एमालेले विवादित मन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुखले पटक पटक रुलिङ गर्दा पनि सरकारले जवाफ नदिएको भन्दै एमाले सांसदहरूले आआफ्नो स्थानमा उभिएर नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको थियो ।

विपक्षी दलहरूले बालकुमारी घटनाको जाँचबुझ आयोगले दोषी देखाएका भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको माग गरेका छन् ।

एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पर्यटन मन्त्री सुदन किराँतीका साथै  टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका स्वास्थ्य मन्त्री मोहन बस्नेतमाथि समेत प्रश्न उठाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ४५ बजे

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली

सरकारका नीतिगत सुधारप्रति उद्योग परिसङ्घको स्वागत, निजी क्षेत्रसँग सहकार्यमा जोड

काठमाडौं- नवगठित सरकारले पुराना तथा असान्दर्भिक कानुन खारेज गर्न प्रक्रिया

तस्बिरमा हेर्नुहाेस्, सेतो मच्छिन्द्रनाथको रथयात्रा

काठमाडौं– वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ लगनटोल पुर्‍याइएसंगै

ओली-लेखक पक्राउ गर्दा सरकारले संयमता गुमायो, प्रहरीको व्यवहार परिपक्व भएन : प्रा.डा. संग्रौला

काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

अर्थसंक्षेप : बजारले पत्याएन बालेन सरकारलाई, वीरगञ्जबाट सात महिनामा ६६ अर्ब ४८ करोडको निर्यात र भवनको अलपत्र छाडेपछि निर्माण कम्पनीलाई सवा करोड जरिवाना

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था