क्रिकेटको नयाँ वर्गीकरण, शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख « Khabarhub

क्रिकेटको नयाँ वर्गीकरण, शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । नयाँ वर्गीकरण अनुसार शीर्ष ग्रेडका खेलाडीलाई मासिक एक लाख रुपैयाँ दिने क्यानले निर्णय पनि गरेको छ ।

क्यानको सोमबार बसेको बैठकले पुरुष र महिला खेलाडीहरूको वर्गीकरण गर्नुका साथै उनीहरूको मासिक तलब तोकेको हो । ग्रेड ‘ए’मा कप्तान रोहितकुमार पौडेलसँगै सोमपाल कामी, करण केसी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख र कुशल भुर्तेल छन् ।

ग्रेड ‘बी’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् । उनीहरूले मासिक ७० हजार पाउने छन् ।

ग्रेड ‘सी’ मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी परेका छन् । उनीहरूलाई मासिक ५५ हजार प्रदान गरिनेछ ।
पवन सरार्फ, सागर ढकाल, अनिल साह, विवेककुमार यादव, आकाश चन्द, बसिर अहमद र सूर्य तामाङ ग्रेड ‘डि’ मा परेका छन् । डिलाई मासिक ३५ हजार दिइनेछ ।

नेपाल क्रिकेट सङ्घले इमर्जिङ क्याटगोरी पनि बनाएको छ, जसमा दीपेश कँडेल (कोशी), रुपेश सिंह (मधेश), रिजन ढकाल (बागमती), विपिन खत्री (गण्डकी), देव खनाल (लुम्बनी), अर्जुन घर्ती (कर्णाली) र हेमन्त धामी (सुदूरपश्चिम) छन् । इमिर्जिङ क्याटगोरीका खेलाडीहरूलाई मासिक २५ हजार तलब दिइनेछ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  २ : ४१ बजे

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको