जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा पुराना बाइक वा स्कुटरसँग इलेक्ट्रिक स्कुटर साट्न सकिने « Khabarhub

जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा पुराना बाइक वा स्कुटरसँग इलेक्ट्रिक स्कुटर साट्न सकिने


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीएफ मोटो तथा जीहो ब्रान्डको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्ने भएको छ । आगामी मंगलबार देखि नक्साल, नारायणचौरस्थित शोरुममा शुरु हुने सो ४ दिने क्याम्प आगामी बिहीबार सम्म चल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले यी दुवै ब्रान्डको आधिकारिक वितरकको जिम्मेवारी लिएसँगै सेन्टरले आफ्नो ईभी स्कुटर जीहो ब्रान्डको उच्चतम प्रविधि, डिजाइन र फरक विशेषताको वारेमा ग्राहकलाई जानकारी प्रदान गर्नका लागि उपत्यका भित्रका विभिन्न स्थान, कर्पोरेट हाउस, कार्यालय, आईटी कम्पनी, मल आदिमा प्रोडक्ट डिस्प्ले गर्नुका साथै टेस्ट राइड जस्ता कार्यक्रम समेत उपलब्ध गराउँदै आएको छ ।

यसै सन्दर्भमा ईभी मोबिलिटीको राइडिङ एक्सपेरियन्स ग्राहकलाई गराउने उद्देश्यका साथ ४ दिने जीहो एक्सचेन्ज एन्ड अपग्रेड मेनिया आयोजना गर्न लागेको सेन्टरको भनाइ छ । ग्राहकले एक्सचेन्ज एन्ड अपग्रेड मेनियामा आफ्ना पुराना बाइक वा स्कुटरको प्रतिस्पर्धात्मक मूल्यांकन गराउने र स्पट फाइनान्सका साथै बजार मूल्यांकनमा थप २५ हजार सम्म उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । यी विभिन्न सुविधाका साथ ग्राहकले प्रत्येक खरिदमा निःशुल्क हेलमेट र आकर्षक उपहार समेत प्राप्त गर्नेछन् ।

नेपाली बजारमा हाल जीहो ब्रान्डका एई६ प्लस र एई८ गरी दुई मोडल बिक्रीका लागि उपलब्ध छन् । कम्पनीले बिक्रीका लागि उपलब्ध गराएका यी दुई मोडलमा जीहो राइड एप्स, लिथियम आयोन ब्याट्री, आईपी ६७ प्रोटेक्सन, सेन्सर, जीहो ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जस्ता विशेषताहरू उपलब्ध छन् ।

जीहो एई६ प्लसमा १.८ किलोवाटको ब्याट्री, ५.५ किलोवाट पिक पावरको साइड मोटर छ भने जम्मा ३.५ घण्टा चार्ज गरी अधिकतम ९० किलोमिटरको रेन्ज पाउन सक्ने छन् । यसको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा छ । त्यसै गरी एई८ मोडलको स्कुटरमा १२.५ किलोवाटको पिक पावर रहेको मिड–माउन्टेड मोटर र ४.४ किलोवाट आवरको डबल ब्याट्री पाउन सकिन्छ । यसलाई ४ घण्टा चार्ज गर्दा अधिकतम १६० किलोमिटरको रेन्ज पाउन सकिन्छ । यसको टप स्पिड १२० किलोमिटर प्रतिघण्टा रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : १४ बजे

प्राकृतिक उपचारका लागि सिंगा तातोपानीमा भीड

म्याग्दी– कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग

भैरहवा– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय