एमाले आत्मरति : ०८४ मा बहुमत, अहिले मौन ! | Khabarhub Khabarhub

एमाले आत्मरति : ०८४ मा बहुमत, अहिले मौन !



काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ०८४ सालमा बहुमत नल्याए कुनै काम गर्न नसकिने निष्कर्ष निकालेको छ । हालको निर्वाचन प्रणालीमा एकल बहुमत ल्याउन कुनै दलको तागत नपुग्ने ठहर गर्दै उसले आफूलाई यसका लागि सक्षम भएको दावी गरेको छ । एमाले अध्यक्ष ओलीको भनाई उल्लेख गर्दै केन्द्रीय सचिवालयका एक नेताले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले मिसन ०८४ मा एक ढिक्का भएर लाग्न निर्देशन दिँदै जनतासँग गरिएका प्रतिवद्धता पूरा गर्ने संकल्प गर्नुभएको छ । ’

ती नेताले अगाडि थपे, ‘खर्चको चिन्ता नगरौँ । पार्टीले पनि केही सहयोग गर्छ आफ्नो गोजीबाट पनि गरौँ । तर ०८४ मा एमालेको एकल बहुमत आउनुपर्छ ।’

केही दिनअघि सकिएको एमालेको केन्द्रीय कमिटीको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले करिब ३ सयको संख्यामा रहेका केन्द्रीय सदस्यलाई आफ्नो आफ्नो क्षेत्रमा एमालेले एकल बहुमत बटुल्ने गरी अभियानमा लाग्न अह्राएका हुन् ।

एमाले २०७९ को निर्वाचनमा गठबन्धनसँग एक्लै भिडेको भए पनि सम्मानजनक र समानुपातिकमा त लोकप्रिय मत ल्याएको भन्दै अध्यक्ष ओलीले अहिलेदेखि जनताका कुरा सुन्न र उनीहरुको समस्या समाधानमालाग्न पार्टीले भनेको उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले बताइन् ।

उनले खबरहबलाई भनिन्– ‘सबै बसेर ०८४ मा बहुतम ल्याउने र एकल सरकार चलाएर जनताका आवश्यकता अनुसार जनपक्षीय काम गर्ने एमालेले निर्णय गरेको छ । यस्तै वैचारिक अस्पष्टता भएका साथीहरूलाई पनि स्पष्ट बनाएर जोड्दै जानेसबै केन्द्रीय सदस्य र सचिवालयका साथीहरूको निष्कर्ष छ ।’

एमालेले २०७९ को निर्वाचनमा मुख्य चार दलको ‘बिग’ गठबन्धन हुँदाहुँदै पनि प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट ल्याएको छ । एमालेले केही स्थानमा मात्र राप्रपासँग तालमेल गरेको थियो । यस्तै पहिलो पार्टी बनेको कांग्रेसले समानुपातिकमा ३२ सिट मात्र ल्याएको छ ।

समानुपातिकमा एमाले अगाडि भएकाले केही मेहनत गरे ०८४ मा बहुमत नै बटुल्न सक्ने अध्यक्ष ओलीको निष्कर्ष छ । यसका लागि तत्काल पूरा तयारीमा लाग्न ओलीले निर्देशन दिएका हुन् ।

यसो त एमालेले २०७९ पछि ८४ लक्षित मिसन चलाइरहेकै छ । २०७९ फागुन ५ बाट ‘मिसन ग्रास रुट’ अभियान चलाएको थियो । एमालेले पार्टी सुदृढीकरण तथा विस्तारका लागि दुई महिने अभियानले भने ०८० को वैशाखमा भएको उपनिर्वाचनमा भने खासै एमालेलाई फाइदा गरेन । यस्तै २०८० मंसिर १४ गतेबाट जनताका कुरा सुन्ने भन्दै पुष्पलाल मध्य पहाडी मार्गका ३६ जिल्लामा १९ दिनसम्म महाकाली– मेची अभियान चलाएको थियो ।

मिसन ग्रासरुटले उपनिर्वाचनमा खासै असर नदेखिएको भए पनि महाकाली मेची अभियानले एमालेलाई ठुलो अवसर र जनताको भावना बुझ्ने बाटो बनाएको एमालेको निष्कर्ष छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘चौतर्फी गठबन्धन बाबजुद हामी जनतामाझ लोकप्रिय भएको भन्ने केन्द्रीय समितिको निष्कर्ष छ । हामी अहिले सरकारबाहिर रहँदा सदन र सडकबाट जनताका आवाज उठाउँछौँ र २०८४ मा त एकल बहुमतको सरकार नै एमालेले बनाउँछ ।’

सदनमा ‘दह्रो खम्बा’को दरकार

नेकपा एमाले अहिले संसदमा दह्रो प्रतिपक्षी भएको कारण एमालेले सदनबाट जनताका आवाज उठाउनुपर्ने माग केन्द्रीय नेताहरूले राखेका छन् ।

उपाध्यक्ष शाक्यका अनुसार अधिकांश केन्द्रीय सदस्यले एमालेले सदनमा अलमलनगरी जनताको आवाज र समस्या गहिरो गरी राख्नुपर्ने तर्क आएको बताइन । उनले भनिन्, ‘अहिले प्रतिपक्षी एमाले भएजस्तो जनतालाई आभाष हुनेगरी जनजीविकाका विषय राख्ने भन्ने आवाज आएका छन् ।’

यस्तै पार्टी उपाध्यक्ष ईश्वर पोख्रेलले पनि पार्टीलाई थप दह्रो बनाएर जानका लागि सबैले आफ्ना ठाउँबाट काम गर्ने आवाज व्यापक रूपमा उठेको बताए । उनले भने, ‘सांसदका साथीहरूले अहिले पनि दह्रो भएर प्रस्तुत हुनुभएको छ । थप दह्रो हुने सुझाव पनि आएको छ ।’
यस्तै नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षको रूपमा अघि बढाउने निर्णय समेत भएको उनको भनाइ छ ।

फागुन ७ देखि १० गते तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई नयाँ उचाईमा पु¥याउने लक्ष्यका साथ पार्टीलाई अघि बढाउने निर्णय गरेको ज्ञवालीको भनाइ छ । जनताको सरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेन्डा छिट्टै सार्वजनिक गर्ने बताउँदै सदन र आवश्यक परे सडकमा पनि आवाज उठाउने निर्णय भएको पनि प्रस्ट पारे । उनले भने, ‘यही लक्ष्यअनुसार एमाले अगाडि बढिरहेको छ । र बढ्छ पनि ।’

इलाम २ को उपनिर्वाचन चस्का

यस्तै केन्द्रीय कमिटीको बैठकमा इलाम २ मा वैशाख १५ गते हुने उपनिर्वाचनको विषयले पनि अनौपचारिक रूपमा प्रवेश पाएको एमालेका एक केन्द्रीय सदस्यले खबरहबलाई बताए । यस विषयमा ओलीले दिवंगत नेता सुवास नेम्बाङका छोरा प्रति इंगित गर्दै युवाको भावना कदर गरिने वाक्य उच्चारण गरेको ती नेताले बताए ।

उनले भने, ‘सुहाङलाई नै टिकट दिने कि भन्नेमा पार्टी अध्यक्ष भएको बुझियो । सुहाङलाई टिकट दिए जितिन्छ भन्ने विश्लेषण छ ।’

यस्तै बैठकमा कोशी प्रदेशको पुन नामाकरणको विषय पनि उठेको थियो । तर एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशको नाम संवैधानिक विधि र प्रक्रियाबाट कोशी राखिएकोमा अपनत्व लिएर जनतामाझ जाने निष्कर्ष भएको बताए । उनले भने, ं‘प्रदेशको नाम कोशीलाई एकमतले समर्थन गर्नुभएको छ ।’

भएन कालापानीको कदर

सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले एमाले नेतृत्वको सरकारले भारतले अतिक्रमण गरिरहेको लिपुलेक लिम्पियाधुरा र कालापानीको भूगोल नक्सामा राखेपछि वर्तमान सरकारले त्यसको कार्यान्वयनमा चासो नदिएको बताएका थिए । उनले भनेका थिए ‘एमालेले यता पनि ध्यान दिनुपर्छ । नेपालको सिमाना मिचिएको छ । एमालेले फिर्ता ल्याउन पहल गरेको थियो । अहिले सुनसान बस्नु हुँदैन ।’

लिपुलेक लिम्पियाधुरा र कालापानीको भूगोललाई समेट्ने कुरामा एमाले चुप बसे वर्तमान सरकार सुनसान हुने धारणा उनले राखेको बताए । उनले खबरहबलाई भने, ‘ लिपुलेक लिम्पियाधुरा र कालापानीको भूगोललाई वर्तमान सरकारले समेट्न नसकेकोमा चिन्ता छ । हाम्रो कुरा कसले सुन्ने र हामी सरकारमा छैन भएको सरकार मौन छ ।’

उनले कञ्चनपुरको दक्षिणी भूभागमा पनि सीमा अतिक्रमण भइरहेको भन्दै भारतीय हस्तक्षेपका विरुद्धमा आवाज सडक र सदनमा सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएको खबर हबलाई बताए ।

यस्तै सुदूरपश्चिम प्रदेशमा पार्टी कमजोर भएको कुरा पनि पटक–पटक राखेको भन्दै माथिल्लो निकायले यसलाई गम्भीर तरिकाले विशेष जागरण कार्यक्रम ल्याउनुपर्ने औँल्याए । उनले २०८४ मा सुदूरपश्चिममा पार्टी बलियो हुने दावी गरे ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ५ : ४६ बजे

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय

एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च

काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिना अवधिमा सरकारको

आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला

धनुषा– महेन्द्रनगरबाट आठ दिनदेखि बेपत्ता एक महिलाको शव फेला परेको

मेलाबाट सञ्चालन भएको आम्दानीले पर्यटन पूर्वाधार निर्माण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ चुत्रेनीका युवाले मेला सञ्चालन गरेर भएको

अध्यक्ष केसीको प्रश्न- दातृराष्ट्र र अन्य निकायबाट ऋण लिएर कति दिन संघीयताको भारी बोक्ने ?

काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयताले अनावश्यक अनुत्पादक आर्थिक