गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी | Khabarhub Khabarhub

गाजाको रफाहमा आक्रमण गर्ने इजरायलको चेतावनी


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जकार्ता – इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जनाकारी दिइएको छ ।  स्रोतका अनुसार १० लाखभन्दा बढी मानिसहरू इजरायली बमबारीबाट अन्यत्र आश्रय खोजिरहेको बताइएको छ।

यसैबीच क्याबिनेटले खाद्य ट्रकहरू सिधै उत्तरी गाजामा प्रवेश गर्ने योजनालाई अनुमोदन गरेको छ । सामान बोकेका ट्रकहरूलाई बाटोमै सर्वसाधारणहरूले लुट्ने गरेकाले यस्तो विधि अपनाइएको बताइएको छ ।

हाल मानवीय सहायताका ट्रकहरू दक्षिणी एन्क्लेभमा अवस्थित दुई क्रसिङहरू हुँदै गाजामा प्रवेश गर्ने गरेका छन् । भोगग्रस्त नागरिकहरूले ट्रकहरूमा आक्रमण गर्ने गरेकाले खाद्यान्न लक्षित समुदाय र क्षेत्रसम्म पुर्याउन सकिएको छैन।

गाजा स्ट्रिपमा कम्तिमा ४ घरपरिवारमा एउटा अथवा ५ लाख मानिसहरू चरम खाद्यसुरक्षाको चुनौती भोगिरहेका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ८ : ०७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’