२०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत « Khabarhub

२०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्न भारत र ग्रिस सहमत भएका छन् । भारत भ्रमणका क्रममा ग्रिक प्रधानमन्त्री किरियाकोस मित्सोटाकिस र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सम्झौता भएको हो ।

भेटवार्ताका क्रममा सन् २०३० सम्म द्विपक्षीय व्यापारलाई दोब्बर पार्ने उद्देश्यतर्फ दुबै मुलुक अग्रसर रहेको भन्दै प्रधानमन्त्री मोदीले खुशी व्यक्त गरेका थिए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार दुई नेताबीच भएको भेटवार्ताका क्रममा सैन्य उपकरणको उत्पादन गर्ने विषयमा पनि छलफल भएको थियो ।

दुई मुलुकबीच चाँडै आप्रवासन सम्झौतामा हस्ताक्षर गर्ने विषयमा पनि चर्चा भएको जनाइएको छ । त्यसबाहेक दुई नेताबीच अन्तर्राष्ट्रिय एवम् क्षेत्रीय राजनीतिका विभिन्न विषयमा पनि छलफल भएको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : २८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने