पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु « Khabarhub

पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा ९ जनाको मृत्यु


१४ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

बुजुम्बुरा – पश्चिमी बुरुन्डीमा भएको आतङ्कवादी आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोको सीमा नजिक रहेको बुबान्जा प्रान्तको बुरिङ्गा गाउँमा आइतबार राति ६ जना महिला, १ जना सैनिक सहित कम्तीमा ९ जनाको मृत्यु भएको छ ।

सो आक्रमण रेड–तबारा विद्रोहीहरूले आक्रमण गरेको बुझिएको छ । घटनामा पाँच जना घाइते भएको बुरुन्डिया सरकारका महासचिव तथा प्रवक्ता जेरोम नियोन्जिमाले बताएका छन् ।

विद्रोहीहरूले यस क्षेत्रमा सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए। सो विद्रोही समूह सन् २०१५ देखि बुरुन्डीको सरकारसँग लडिरहेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १० : ३४ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको