निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी लाभान्वित « Khabarhub

निःशुल्क स्वास्थ्य शिविरमा दुई सय बढी लाभान्वित


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीबजारमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्थाको ११औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी लाभान्वित भएका छन् ।

सहकारीका शेयर सदस्यलाई लक्ष्य गरी आयोजित निःशुल्क मधुमेह, उच्च रक्तचाप र दाँत जाँच शिविरमा दुई सय नौ जनाले सेवा लिएका छन् ।

शिविरमा मधुमेह, उच्च रक्तचाप र दाँतको जाँच तथा अन्य स्वास्थ्य समस्याका बारेमा जानकारी गराइएको थियो । शिविरमा बेनी अस्पतालका मेडिकल अधिकृत डा. गोविन्द पोख्रेल, कोर स्माइल डेन्टल क्लिनिकका डा मोचन श्रेष्ठ र बेनी अस्पतालमा प्रयोगशाला प्राविधिक सहयोगी सीताराम श्रेष्ठले परीक्षण गरेका थिए ।

शिविर उद्घाटन गर्दै सहकारी सङ्घ म्याग्दीका अध्यक्ष दीपक कार्कीले वित्तीय सेवामात्रै नभई सहकारीले शेयर सदस्य लक्षित स्वास्थ्यलगायतका सामाजिक कार्यमा केन्द्रित हुनुपर्ने बताए ।

स्थापना दिवसका अवसरमा प्रमुख अतिथि सहकारी सङ्घका अध्यक्ष कार्की र सहकारीका सल्लाहकार पुष्कल बहादुर जोशी, तेजबहादुर भण्डारी र चन्द्रबहादुर क्षेत्रीले संयुक्त रूपमा कार्यक्रम उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ८ : १७ बजे

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको

बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २२ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २२ गते बिहीबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २२ गते बिहीबार सन्