श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण « Khabarhub

श्रीलंकाको केन्द्रीय बैंकद्वारा ब्याज दर नियन्त्रण


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– श्रीलंकाको केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा दर (एसडीएफआर) र स्थायी ऋण सुविधा दर (एसएलएफआर)५० आधार अंकले घटाएर क्रमश: ८.५० प्रतिशत र ९.५० प्रतिशतमा झार्ने निर्णय गरेको छ ।

केन्द्रीय बैंकका अनुसार मुद्रास्फीति भने मध्यम अवधिमा पाँच प्रतिशतको वाञ्छित सिमामा कायम राख्ने प्रयास गरिएको छ । अर्थतन्त्रलाई निर्धारित लक्ष्यमा पुर्‍याउन आन्तरिक तथा वाह्य आर्थिक घटनाक्रमको विस्तृत मूल्यांकन पछि केन्द्रिय बैंकले सोमबार यस्तो  निर्णय गरेको हो । 

यस्तो निर्णय गर्नुका पछाडि कमजोर माग, मुद्रास्फितिको अवस्था, बाह्य क्षेत्रको दबाब, र ब्याज दरलाई हेरिएको बैंकले जनाएको छ । 

आर्थिक गतिविधि निर्धारित लक्ष्यभन्दा तल रहने अनुमान गरिएकाले केन्द्रिय बैंकले  आगामी दिनमा मुद्रास्फीतिलाई आउने सम्भावित जोखिमलाई हेरेर विश्लेषण गरिएको जनाइएको छ । 

केन्द्रिय बैंकको बोर्डले न्यून ब्याज दर, कर्जा विस्तारमा सहजिकरण, वाञ्छित सीमा भित्रको मुद्रास्फीतिलगायत मौद्रिक उपकरणहरूको प्रयोगबाट अर्थतन्त्रलाई सहज बनाउने नीति लिएको छ ।  

बढ्दो मुद्रास्फितिको सामना गर्न श्रीलंकाले सन्  २०२२ मा ब्याज दरमा उल्लेखनीय वृद्धि गरेको थियो भने सन् २०२३ मा पटक पटक दरहरू घटाएको थियो । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  १ : ३५ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर