ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो  « Khabarhub

ढोलाहिटी प्रकरण : बदलाको भावले दुई जनाको ज्यान गयो 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – होलीको दिन राति ललितपुरको ढोलाहिटीमा चक्कु प्रहार गरी दुई व्यक्तिको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरले मंगलबार पत्रकार सम्मेलन गर्दै सो घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका १८ मध्ये घटनामा संलग्न चार जनालाई सार्वजनिक गरेको हो । 

 

पाँचथरका पुजन राई र काठमाडौंका  रेवशको हत्यामा संलग्न रहेको आरोपमा खोटाङका विजय राई र सुलभसहित भोजपुरका विशाल हाङ मुकारुङ राई तथा काठमाडौंका छेङ्वीहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीले सार्वजनिक गरेका चारसहित एक फरार व्यक्तिको नाममा किटानी जाहेरी दिएको छ । विजय र शुलभ भने फुटसल भिजेलस्थित रहेको डी पोपिना रेस्टुराँ मालिक हुन् ।

ग्राहक र होटल डी पोपिना रेस्टुराँका झगाडाले हत्यासम्म घटना घटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

एसएसपी खनाल भन्छन्, ‘विजय, सुलभ र विशालको टोली राति मदिरा पिएर रमाइलो गरिरहेका साथीहरूबीच झगडाको अवस्था सिर्जना भएपछि होटल सञ्जालले उनीहरूलाई बाहिर निकालेका रहेछन् । त्यसपछि छेङ्वीहाङले होटल सञ्चालकले हेपेको भन्दै बदला लिन मृतक रेवश राईसहितलाई बोलाएको अनुसन्धानबाट खुलेको छ ।’

छेङ्वीहाङको समूह आएपछि होटल सञ्चालकबीच झडप हुँदा विजय राईले रेवश र पुजनलाई होटलको चक्कुले प्रहार गरेको प्रहरीको भनाइ छ । 

चक्कु प्रहारबाट घाइतेहरुलाई पाटन र सुमेरु अस्पताल लगेपछि मात्रै प्रहरीले घटनाबारे थाहा पाएको हो । उनीहरु दुवैको उपचारका क्रममा मृत्यु भएको हो । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : १९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको