बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै « Khabarhub

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी खेल्दै छन् ।   

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था  गरिएको छ ।  प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । 

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : १२ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै