बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै « Khabarhub

बिहीबारदेखि आठौँ विराट गोल्डकप, १० टिमले भाग लिँदै


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरस्थित सहिद मैदानमा बिहीबारदेखि आठौँ विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। यही चैत २४ गतेसम्म हुने यस प्रतियोगितामा १० टिमको सहभागिता हुने आयोजकले जानकारी दिएका छन् ।

जसमा मोरङ एफए, नेपाल पुलिस क्लब,, त्रिभुवन आर्मी क्लब, चर्च ब्वाइज, एनआरटी क्लब, मछिन्द्र क्लब, रोयल थिम्पु क्लब, एपीएफ क्लब, सिक्किम ड्रागन र साउथर्न समिति एफसी खेल्दै छन् ।   

प्रतियोगिताको उद्घाटन खेल बुधबार नेपाल पुलिस क्लब र भुटानको रोयल थिम्पु एफसीबीच हुने छ ।

रात्रिकालीन प्रतियोगिताका लागि चारवटा फ्लड लाइटको व्यवस्था  गरिएको छ ।  प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् । 

विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ३ : १२ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र