आयरल्याण्ड 'ए'माथि नेपाल विजयी | Khabarhub Khabarhub

आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र विवेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ५२ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग