आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी « Khabarhub

आयरल्याण्ड ‘ए’माथि नेपाल विजयी


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले आयरल्याण्ड वोल्भ्सविरुद्धको सिरिज क्लिन स्वीप गरेको छ । मंगलबार सम्पन्न दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सलाई ७१ रनले पराजित गर्दै सिरिज २-० ले जितेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले १८.३ ओभरमा अलआउट हुँदै १२७ रन बनाएको हो । आयरल्याण्ड वोल्भ्सका लागि स्टेफन डोहेनीले सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र कुशल मल्लले ३-३ विकेट लिएका थिए भने करण केसी, कुशल भुर्तेल र विवेक यादवले एक एक विकेट लिएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो ।

नेपालका लागि गुलशन झाले सर्वाधिक ४६ रन बनाएका थिए भने कुशल मल्लले ३४, अनिल शाहले १२, कुशल भुर्तेलले २५, आसिफ सेखले ११, कप्तान रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र विवेक यादवले ७ रन बनाएका थिए ।

त्यसैगरी आयरल्याण्ड वोल्भ्सका म्याथ्यु फोस्टरले ३ विकेट लिए भने बेन ह्वाइटले २ तथा फ्लोन ह्याण्ड र गाभिन होयले एक एक विकेट लिएका थिए ।

यो जितसँगै नेपालले सिरिज २-० ले जितेको छ । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ५२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।