रोजगारीका कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन  « Khabarhub

रोजगारीका कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरि नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेकोसमेत बताए ।

‘आयोगले सरकारको थिंक ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।’

 तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।

‘मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धानविकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।’

१६ औं योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ५९ बजे

बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

मङ्गलेखानीमा खेलमैदान निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण

दुर्लभ इतिहास रचेर ओझेल पर्दैछन्- मेस्सी, रोनाल्डो र ओचोआ

विश्व फुटबलको सबैभन्दा ठूलो मञ्च विश्वकप २०२६ सुरु भएसँगै समर्थकको

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि