रोजगारीका कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन  | Khabarhub Khabarhub

रोजगारीका कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई प्रधानमन्त्रीको निर्देशन 


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरि नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन ।

प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समाधान गर्नेगरी योजना तयार गर्नुपर्नेमा जोड दिएका हुन् ।

उत्पादन र रोजगारी न्यून हुनु देशको प्रमुख समस्या भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको हरेक क्षेत्रमा समस्या देखापर्ने, एक क्षेत्रको समस्या समाधान गर्न खोज्दा अर्को क्षेत्रमा समस्या झन बल्झिने अवस्थालाई सम्बोधन गर्न जरूरी रहेकोसमेत बताए ।

‘आयोगले सरकारको थिंक ट्याङ्कका रूपमा निर्वाह गर्नुपर्ने भूमिकालाई अझ प्रभावकारी बनाउने छ भन्ने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘आगामी दिनमा योजनाहरू प्रभावकारी एवं तथ्यमा आधारित हुनेछन् ।’

 तथ्याङ्क प्रणालीलाई सुदृढ तुल्याई तथ्यमा आधारित नीति निर्माणमा ध्यान दिन पनि उनले निर्देशन दिएका छन् ।

‘मलाई विश्वास छ, अहिले बनेको नयाँ टिमले राष्ट्रिय योजना आयोगको काम–कारवाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसबाट योजना निर्माण, अध्ययन–अनुसन्धानविकास–निर्माणका आयोजनाहरूको कार्यान्वयनलाई सहजीकरण गर्ने दिशामा गति पैदा गर्नेछ ।’

१६ औं योजनाको कार्यान्वयन अन्तिम चरणमा पुगेका योजनालाई अन्तिम रूप दिने प्रक्रिया अघि बढाउन र योजनामा प्रस्ताव गरिएका रणनीति र कार्यक्रमहरूलाई आगामी वर्षको बजेट निर्माणको क्रममा समावेश गर्न आयोगलाई प्रधानमन्त्रीको निर्देशन रहेको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ४ : ५९ बजे

१५ लाख भूमिहीनलाई पुर्जा बाँड्ने तयारीमा सरकार 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

कुलिङ पिरियडबारे छानबिन प्रतिवेदन तयार पार्न खोज्दा सत्तारुढ चार सांसद बेपत्ता

काठमाडौँ – सङ्घीय निजामती विधेयकमा राखिएको कुलिङ पिरियड व्यवस्था तोडमरोड

खाद्य तथा दाना पदार्थको परीक्षणमा प्रत्यायन क्षेत्र विस्तार

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य तथा दाना

‘शहीद पनि वर्गीय भए’ भन्दै प्रचण्डसामु भक्कानिए दोलखाका शंकर लामा

काठमाडौं- नेकपा माओवादी केन्द्रले आतइबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा शहीद

शाहरुख खानले जिते पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कार  

काठमाडौं– बलिउड सुपरस्टार शाहरुख खानले आफ्नो तीन दशक लामो फिल्मी