राजनीतिमा छट्टुहरु हावी हुन थाले : गगन थापा | Khabarhub Khabarhub

राजनीतिमा छट्टुहरु हावी हुन थाले : गगन थापा


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिमा इमान र योग्यता भएको मान्छको अभाव भएको बताएका छन् ।

कांग्रेस नेता नवीन्द्रराज जोशीको तेस्रो स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा थापाले राजनीतिमा छट्टुहरु हावी हुन थालेको भन्दै इमान्दारसंगै योग्यताका निम्ति प्रयास गर्ने मानिस चाहिएको बताए ।

उनले छट्टुहरु केही समयका लागि आउने झुक्काउने र रङ्गरोगन गरेर जाने भएकाले गति र मति भएकाहरूको राजनीतिमा आवश्यकता देखिएको धारणा राखे । 

अहिले घरभित्रको फोहरहरूलाई सफा बनाएर ठिक ढंगले लय पक्रनुपर्ने उनले बताए । महामन्त्री थापाले नयाँ पुस्ताले चाँडोभन्दा चाँडो परिवर्तन होस् भन्ने चाहनालाई उत्तेजनाको राजनीति गर्नेहरूले दूरुपयोग गरेको धारणा राखे । उनले नेपाली राजनीति र समाज रूपान्तरणमा स्वर्गीय नेता जोशीले खेल्नुभएको भूमिकाको चर्चा गरे ।

त्यस्तै कांग्रेसका नेता प्रदिप पौडेलले अहिलेको गठबन्धन चीरस्थायी नहुने भन्दै आफूभित्रको झगडाले समाप्त हुने दावी गर्नुभयो । अहिले जसरी सत्ता चाहिने प्रवृत्तिलाई अन्त्य गर्नका लागि फरक ढंगले संगठीत हुन जरुरी रहेको उनले बताए । 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : १३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’